आइतबार , भाद्र १४, २०८३

काठमाडौं । दलहरुले प्रतिनिधि सभाका लागि ११० जना र सात वटै प्रदेश सभाका लागि २२० जनाको नाम सिफारिस गरेका छन् । पार्टी केन्द्रीय समितिको बैठकबाट अनुमोदन गरेर हिजो सात दलले नामावली बुझाएका छन् ।

प्रतिनिधि सभामा ११० सिट समानुपातिकबाट निर्वाचित हुने व्यवस्था छ । सङ्घीय संसदमा एमालेले ३४ सिट, नेपाली कांग्रेसले ३२ सिट, माओवादी केन्द्रले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५-५ सिट समानुपातिकतर्फ प्राप्त गरेका थिए । त्यसैअनुसार निर्वाचन आयोगमा दलहरुले बुझाएको विवरण भोलि दिउँसो ४ बजेसम्म सच्चाउन सक्ने आयोगले जानकारी दिएको छ ।

दलले बुझाएको नामावली जाँचबुझ गरेर समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए । निर्वाचन आयोगले समानुपातिकतर्फबाट सांसद निर्वाचित भएको एक हप्ताभित्र मंसिर ४ गते भएको चुनावसम्बन्धी सम्पूर्ण प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाउने तयारी गरेको छ ।

समानुपातिक तर्फको सांसद निर्वाचित भएको घोषणा २६ मंसिरमा
निर्वाचन आयोगले मंसिर २६ गते (सोमबार) सम्म समानुपातिकतर्फका सांसदहरु पनि निर्वाचित भएको घोषणा गर्ने भएको छ ।

राजनीतिक दलहरुले शनिबार बुझाएको नामावली जाँचबुझ गरी सोमबार समानुपातिकतर्फका सांसदहरु पनि निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए । निर्वाचन आयोगले समानुपातिकतर्फबाट सांसदहरु पनि निर्वाचित भएको एक हप्ताभित्र निर्वाचन सम्बन्धि सम्पूर्ण प्रतिवेदन राष्ट्रपति विद्या भण्डारी समक्ष बुझाउने स्पष्ट पारेको छ ।

आयोगका सहसचिव भट्टराईले समानुपातिकतर्फको पनि सांसदहरु निर्वाचित भएको घोषणा भएको मितिले ७ दिनभित्र राष्ट्रपति समक्ष निर्वाचन सम्बन्धी प्रतिवेदन बुझाइ सक्नुपर्ने कानुनी व्यवस्था भएकाले सोही अनुसार काम गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP