मंगलबार , अषोज २७, २०८३

ढाका । बङ्गलादेशमा सरकारविरोध व्यापक प्रदर्शन भएको छ । प्रमुख विपक्षी दलका झण्डै एक लाख समर्थक प्रधानमन्त्री शेख हसिनाको सरकारविरुद्ध राजधानी ढाकामा उत्रिए । उनीहरुले प्रधानमन्त्रीको राजीनामा माग गर्नुका साथै नयाँ निर्वाचनको माग गरे । उनीहरूले ‘शेख हसिना भोट चोर हुन’ भन्ने नारा लगाएका थिए ।

कार्यक्रममा सबै सात विपक्षी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का सांसदहरूले संसदबाट राजीनामाको घोषणा गरे, जसले व्यवस्थापिकालाई रबर स्ट्याम्प बनाउनेछ । हसिनाको पार्टीले पहिले नै दुई तिहाइ भन्दा बढी बहुमत पाएको थियो । पश्चिमा सरकार र संयुक्त राष्ट्र संघले बङ्गलादेशको राजनीतिक वातावरणमा चिन्ता व्यक्त गरेका छन् ।

बङ्गलादेश एसियामा सबभन्दा द्रुत बृद्धि हुने अर्थतन्त्र मध्ये एक हो । तर, युक्रेन युद्धले सरकारलाई ग्यास र डिजेल आयात रोक्न बाध्य तुल्याएको छ भने बिजुली कटौती र इन्धनको मूल्यवृद्धिले हालका महिनाहरूमा प्रदर्शनहरू सुरु भएका छन् ।

बंगलादेशी मुद्रा टाकाको मूल्य २५ प्रतिशतले गिरावट आएको छ, जसका कारण खाद्यान्नको आयातको लागत बढाउँदै गरिब तथा न्यून मध्यम वर्गीयलाई प्रभावित गरेको छ । बंगलादेशको आधा दर्जन टेलिभिजन न्युज च्यानलमध्ये कुनै पनि च्यानलले प्रदर्शनको लाइभ प्रसारण गरेनन् । अधिकारीहरुले प्रसारण नगर्न दबाब दिएको आशंका बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP