मंगलबार , अषोज २७, २०८३

१८ फागुन, जनकपुरधाम । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘लुते’ को संज्ञा दिएका छन् । सर्लाहीको धनकौलमा मंगलबार आयोजित सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले आफ्नो ज्यानमाथि खतरा रहेको भनेर बोल्ने ‘लुते’ प्रधानमन्त्री नचाहिने बताए ।

‘जुन देशका प्रधानमन्त्रीले आफ्नो ज्यान जोगाउन सक्दैन, त्यो देशका प्रधानमन्त्रीले जनताको ज्यान कसरी जोगाउँछ’ उनले भने, ‘यस्तो लुते प्रधानमन्त्री चाहिएन ।’ बालुवाटारमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको घेरामा रहने प्रधानमन्त्री यसरी डराउँछन् भने अरुको ज्यान जोगाउन नसक्ने थापाले बताए । ‘वर्तमान प्रधानमन्त्रीसँग अब कुनै अपेक्षा छैन’ थापाले भने, ‘केही दिनभित्र बिदाइ गर्ने अभिभारा पूरा गर्नुपर्छ ।’

‘देशलाई बन्धक बनाउने प्रयासमा निर्वाचन आयोग लाग्नुहुँदैन’

नेता थापाले प्रधानमन्त्री ओलीले अहिले पनि देशलाई बन्धक बनाउन खोजेको आरोप लगाए । संसद विघटन गर्दा दुर्घटनामा गइसकेको देशलाई सर्वाेच्च अदालतको फैसलाले बचाएको भन्दै उनले तैपनि प्रधानमन्त्रीले देशलाई निकास नदिने सुर कसेको बताए ।

‘देशलाई निकास नदिने सुर कसेर प्रधानमन्त्रीले संसदभित्रबाट बन्धक बनाउन खोज्नुभएको छ’ उनले भने, ‘यो प्रयासमा निर्वाचन आयोगले मद्दत गर्नु भएन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP