शनिबार , असार १३, २०८३

कालीकोट । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ अँधेरीखोला भिरमा भएको डोजर दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ ।

ज्यान गुमाउनेमा सान्नी त्रिवेणी गाउँपालिका–१ का ३० वर्षीय चरित्र सार्की, १६ वर्षीय युवराज बुढा र रास्कोट नगरपालिका–७ का २२ वर्षीय मिलन शाही रहेका छन् । दुर्घटनामा परि शाहीसहित तीन जना घाइते भएकामा उनीहरुको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ ।

यस्तै, घाइते खाँडाचक्र नगरपालिका–११ बराँतुगाउँका १४ वर्षीय आशीष भारती र विकास भारतीको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सवराज बमले जानकारी दिए ।

यस्तै तीन जना अझै बेपत्ता रहेका उनले बताए । बेपत्ता हुनेमा डोजर चालक अछामका कमल सोडारी, सान्नी त्रिवेणी गाउँपालिका–१ का १९ वर्षीय उमेश गिरी र १४ वर्षीय रक्तिम कार्की रहेका छन् । डोजर भिरबाट कर्णाली नदीमा खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP