मंगलबार , अषोज २७, २०८३

काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ को क्वार्टर फाइनलमा इङल्याण्डलाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ । कतारको अल वयात रंगशालामा आज बिहान भएको खेलमा फ्रान्सले इंग्ल्यान्डलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको १७ औं मिनेटमा फ्रान्सका लागि अउरेलियन टकउमेनीले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ५४ औं मिनेटमा इङल्या०डका लागि ह्यारी केनले गोल गर्दै खेल बराबरीमा ल्याए पनि ५८ औं मिनेट ओलिभर गिराउण्डले गोल गरेपछि खेल फ्रान्सले जितेको थियो । अब फ्रान्सले सेमिफाइनलमा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ ।

फ्रान्सले विश्वकप फुटबलमा इङ्ल्याण्डलाई पहिलो पटक पराजित गरेको हो । यसअघि सन् १९६६ मा २–० ले विजयी भएको इङ्ल्याण्डले १९८२ मा ३–१ ले नतिजा आफ्नो पक्षमा पारेको थियो । तर तेस्रो भेटमा भने फ्रान्सले यसअघिको हारको बदला लिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP