मंगलबार , बैसाख ९, २०८२

काठमाडौं । ब्राजिल विश्वकपबाट बाहिरिएपछि नेयमारले ब्राजिलका लागि खेल्न जारी राख्ने ‘शत प्रतिशत ग्यारेन्टी दिन नसक्ने’ बताएका छन् । यता प्रशिक्षक टिटेले भने राजीनामा दिने घोषणा गरिसकेका छन् । उनले प्रतियोगिता अघि नै उनले आफ्नो टोलीको प्रदर्शनका बाबजुद राजीनामा दिने बताइसकेका थिए ।

१–१ को बराबरी पछि २०१८ को उपविजेता क्रोएसियासँग पेनाल्टीमा पराजित हुँदै विश्वकपको दाबेदार टोली क्वार्टर फाइनल चरणबाट बाहिरिएको छ । ६१ वर्षीय टिटेले ब्राजिलको प्रबन्धकको रूपमा ६ वर्ष काम गरेपछि आफू ‘शान्तिमा जान लागेको’ बताएका छन् ।

यता ३० वर्षीय नेयमारले भने आफ्नो निर्णयको मूल्याङ्कन गर्ने बताउँदै भने, ‘मैले यसबारे अलि बढी सोच्न आवश्यक छ ।’ १८ वर्षको उमेरमा अन्तर्राष्ट्रिय डेब्यू गरेका नेयमारले थपे, ‘म राष्ट्रिय टोलीका लागि कुनै ढोका बन्द गरिरहेको छैन तर म फर्किने १०० प्रतिशत ग्यारेन्टी पनि दिइरहेको छैन । मैले यसबारे अलि बढी सोच्न आवश्यक छ कि मेरो लागि र राष्ट्रिय टोलीको लागि सही कुरा के हो ।’

पेरिस सेन्ट–जर्मेनका फरवार्डले अतिरिक्त समयमा क्रोएसियाविरुद्ध अग्रता दिलाएपछि ब्राजिल पुरुष राष्ट्रिय टोलीका लागि १२४ खेलमा ७७ गोल गर्ने पेलेको ‘आधिकारिक’ गोलको कीर्तिमान बराबरी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP