आइतबार , भाद्र १४, २०८३

काठमाडौँ । प्रतिनिधिसभामा थ्रेस होल्ड कटाउन नसकेर राष्ट्रिय पार्टी बन्न नसकेको नेकपा एकीकृत समाजवादीले समानुपातिकतर्फ सात वटै प्रदेशमा गरी नौं सिट पाएको छ । प्रदेश १ मा ३.२४ प्रतिशत अर्थात् कुल १७ लाख २५ हजार ८५२ मतमध्ये ५५ हजार ९५७ मत ल्याएको उसले एक सिट पाएको हो ।

मधेस प्रदेशमा १९ लाख ५२ हजार ९४९ मतमध्ये एक लाख १३ हजार ९१५ मत पाएको एकीकृत समाजवादीले सबैभन्दा धेरै तीन सिट पाएको छ । यो कुल सदर मतको ५.८३ प्रतिशत हो । यस्तै बागमती प्रदेशमा १८ लाख ६९ हजार १३६ मतमध्ये ६९ हजार ८४६ मत पाएको दुई सिट पाएको छ । यो कुल सदर मतको ३.७४ प्रतिशत हो ।

गण्डकी प्रदेशमा थ्रेस होल्ड कटाए पनि सिट भने पाउन सकेन । गण्डकीमा एकीकृत समाजवादीले कुल ९ लाख ४२ हजार ्,७९८ मतमध्ये १५,०७६ मत पाएको थियो । यो कुल सदर मतको १.६० प्रतिशत हो । लुम्बिनीमा प्रदेशमा एकीकृत समाजवादीले एक सिट पाएको छ । कूल १७ लाख ७७ हजार ७२० मतमध्ये ४२ हजार ६२१ मत पाएको थियो । यो कूल सदर मतको २.४० प्रतिशत हो ।

कर्णाली प्रदेशमा पनि उसले एक सिटमै चित्त बुझाउनु परेको छ । कुल ८ लाख ५२ हजार २८१ मतमध्ये ४३ हजार ८१९ मत पाएको उसले एक सिट मात्र पाएको हो । कर्णाली प्रदेश सभामा पनि एकीकृत समाजवादीले एक सिट पाएको छ । कुल ५ लाख ६२ हजार ३४० मतमध्ये एकीकृत समाजवादीले ३५ हजार ८२६ मत पाएको थियो । यो कुल सदर मतको ६.३७ प्रतिशत हो ।

सुदूरपश्चिम प्रदेशसभामा समेत एकीकृत समाजवादीले एक सिट मात्र पाएको छ । कुल ८ लाख ५२ हजार २८१ मतमध्ये ४३ हजार ८१९ मत पाएको थियो । यो कुल सदर मतको ५.१४ प्रतिशत हो ।

प्रतिनिधिसभातर्फ समानुपातिकमा एकीकृत समाजवादीले २ लाख ९८ हजार ३९१ मत पाएको हो । सदर भएको कूल एक करोड पाँच लाख ६० हजार ०८२ मतमध्ये तीन प्रतिशत मत नपुगेपछि प्रतिनिधिसभामा समानुपातिक सिट शून्य भएको हो । यद्यपि प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेकपा एकीकृत समाजवादीले १० सिट जितेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP