मंगलबार , बैसाख २९, २०८३

रुपन्देही । तिलोत्तमाको मणिग्राममा जारी दोस्रो तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ मा जारी कुस्ती प्रतियोगितामा नेपालकै प्रतियोगी पहलमान सन्नी थापा बिजयी भएका छन् ।

शुक्रबार भएको फाइनल खेलमा थापा प्रथम भए भने भारतका गब्बर दोस्रो तथा नबाव तेस्रो भए । प्रथम हुनेले २५ हजार पुरस्कार प्राप्त गरे भने दोस्रो हुनेले १५ तथा तेस्रो हुनेले १० हजार रुपैयाँ प्राप्त गरे । शुक्रबार पनि दर्शकहरुले उत्साहका साथ कुस्ती प्रतियोगिता हेरेका थिए । कुस्ती प्रतियोगितामा २१ जना पहलमानहरुले प्रतिस्पर्धा गरेका थिए ।

यसैबीच मेलमा शनिबार खुल्ला जिल्ला स्तरीय ब्याडमिण्टन प्रतियोगिता हुने खेल ब्यवस्थापन उपसमिति संयाजक विवश थापाले जानकारी दिए । उक्त प्रतियोगिताको अन्तिम तयारी भइरहेको उनले बताए ।

यसैबीच शुक्रबार चर्चित गायक कुलेन्द्र विक, धनबहादुर गुरुङ, रेनु राना, विष्णु श्रीपाली, उद्घोषक दुर्गा गुरुङ लगायतले दर्शकलाई भरपुर मनोरन्जन दिलाए । सोनी डान्स ग्रुपका डान्सरले पनि उत्कृष्ट कला प्रस्तुत गरे । नाइट कन्सर्टमा रुपक डोटेलले दर्शकलाई झुमाए । मेलामा तिलोत्तमा डान्स आईडल, मम्मी डान्स लगायतका प्रतियोगिता पनि चलिएरहेका छन् ।

यसैबीच शनिबार चर्चित गायक गायिकाहरु विष्णु खत्री, कृष्ण रेउले, प्रचण्ड जीसी, विधान कार्की, दुर्गा नेपाल, सुजाता पाण्डे, आशिका थापा लगायतले मनोरन्जन प्रदान गर्नेछन् । नाइट कन्सटमा भने ज्योति मगरको प्रस्तुति रहने आयोजक संस्था तिलोत्तमा उद्योग ब्यापार संगठनका महासचिव हेमलाल न्यौपानेले जानकारी दिए ।

तिलोत्तमा उद्योग ब्यापार संगठनको आयोजनामा गतसातादेखि शुरु भएको मेलामा शुक्रबार पनि उल्लेख्य दर्शक उपभोक्ताले मेलाको अवलोकन गरेको आयोजकले बताएका छन् । मेलामा निरन्तर दर्शक उपभोक्ताहरु बढिरहेको मेला मूल आयोजक समिति संयोजक एवं तिलोत्तमा उद्योग ब्यापार संगठनको अध्यक्ष प्रेम जीएमले बताए । मेलाको सहआयोजकमा तिलोत्तमा चेम्बर अफ कमर्श र उद्योग बाणिज्य संघ तिलोत्तमा रहेका छन् ।
तिलोत्तमा नगरपालिका संरक्षक रहेको छ । महोत्सवमा २ सय ४१ सय स्टलहरु सहभागि रहेको छन् । मेला मंसिर २६ गतेसम्म संचालन हुनेछ । दर्शकको चाप अनुसार मेलाको अवधि केही दिन थप्न सकिने पनि आयोजकले बताएका छन् ।

मेलामा २४ गते शनिबार ब्याडमिण्टन प्रतियोगिता पनि राखिएको छ । मेलामा खुल्ला जिल्ला स्तरीय बी लेभल ब्याडमिण्टन प्रतियोगितमा २०७९ संचालन हुने खेल ब्यवस्थापन उपसमिति संयोजक थापा मगरले जानकारी दिए । यसअघि टिमहरुलाई पत्र पठाउँदा खुल्ला जिल्ला स्तरीय बी लेभल मेन डबल ब्याडमिण्टन प्रतियोगितमा २०७९ लेख्नुपर्नेमा अन्यथा भएकोले त्यसलाई सच्याइएको थापाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP