मंगलबार , बैसाख २९, २०८३

बुटवलर । रुपन्देहीको बुटवलमा भएको एघारौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद प्रतियोगिताको उपाधि नव ज्योति मावि मणिग्रामले जितेको छ ।

रुपन्देही जिल्लाभरीका २७ सामुदायिक तथा संस्थागत विद्यालयका प्रतियोगि प्रतिस्प्रर्धी विद्यार्थीहरुलाई पछिपार्दै नव ज्योतिका विद्यार्थी जविक पाठकले उपाधि जितेका हुन् । उनले नगद १५ हजार सहित शिल्ड तथा प्रमाण पत्र प्राप्त गर्न सफल बने । ‘सामाजिक सञ्जालको प्रयोग ः नवीनतम ज्ञानको प्राप्ति वा समयको दुरुपयोग’ भन्ने शिर्षकमा भएको प्रतियोगितामा द्वितीय भएका लिटिल फ्लावर माविका विद्यार्थी समर्थ क्षेत्री फौदारले १० हजार नगद सहित शिल्ड तथा प्रमाणपत्र हात पारे । एभरेष्ट इङलिस माध्यमिक विद्यालय बुटवल सुख्खानगरले आयोजना गरेको उक्त प्रतियोगितामा क्यानन् मावि बुटवलका साहारा धिताल तृतिय र दीप बोर्डिङका कशिस पाठकले प्रोत्साहन पुरस्कार हात परेका हुन् । उनीहरुले क्रमश नगद ६ हजार, ३ हजार शिल्ड तथा प्रमाणपत्र प्राप्त परेको विद्यालयका सह प्राचार्य भिमसेन गौतमले जानकारी दिनुभयो ।

विद्यालय संचालक समितिका अध्यक्ष गमप्रसाद रेश्मीको अध्यक्षता तथा राष्ट्रिय परिक्षा बोर्ड प्रदेश कार्यालयका प्रमुख रमाकान्त तिवारीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रमामा बुटवल उपमहानगरपालिका वडानम्बर ८ का वडाध्यक्ष यज्ञप्रसाद पंगेनी, हिसान रुपन्देहीका अध्यक्ष दिनेश भुसाल, अभिभावक महासंघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, प्याब्सनका बुटवल नगर अध्यक्ष कुलानन्द पाण्डे, एन प्याब्सनका हुमनाथ ढुङ्गाना, राममणी क्याम्पसका क्याम्पस प्रमुख ताराप्रसाद पराजुली, विद्यालयका प्राचार्य कृष्ण न्यौपाने लगायतले विजयी विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनुहुँदै शैक्षिकसँगै अतिरिक्त कृयाकलापमा विद्यार्थीलाई नियमित सहभागि बनाउन आवश्यक रहेको बताउनुभयो ।

प्रतियोगितामा बरिष्ट साहित्यकार ऋषिराम भुसाल, डा. शंकर गैरे र हेमराज शर्माले निर्णायकको भुमिका निभाउनु भएको थियो । विद्यालयका शिक्षक माधव पौडेलको संचालनमा भएको कार्यक्रममा विद्यालयमा अध्ययन पुरा गरि शैक्षिक उत्कृष्टता हासिल गरेका एक सय एक जनालाई विद्यार्थीलाई विद्यालयले सम्मान तथा पुरस्कृत गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP