शनिबार , असार १३, २०८३

रोमानिया । युरोपको राहदानीमुक्त सेन्जेन यात्रा क्षेत्रमा सामेल हुन युरोपेली संघ (इयू) का मन्त्रीको बिहीबार बसेको बैठकले बुल्गेरिया र रोमानिया थप निरासाको डरमा छन् ।

युरोपियन युनियनका दुई गरिब मुलुक युरोपका बाँकी देशसँग सहज व्यापार गर्न चाहन्छन् तर विशेष गरी तेस्रो देशबाट बसाइँसराइलाई लिएर अस्ट्रियाको चिन्ताको सामना गरिरहेका छन् । ब्रसेल्समा हुने इयूका न्याय मन्त्रीको बैठकमा रोमानिया र बुल्गेरियाका साथै क्रोएसियाका बोलपत्रमाथि बहस हुनेछ, जसको अनुरोधले स्वीकृतिका लागि सममति जुट्ने अपेक्षा गरिएको छ ।

‘छलफलका लागि सेन्जेनको प्रवेश दर्जनौँ पटक स्थगित गरिएको छ ।’ बुल्गेरिया र रोमानियालाई छुट्याउने गिर्गु सीमा चौकीमा चार किलोमिटर लामो लाइनमा फसेका चालक एलेक्जेन्ड्रु बिर्नियाले भने, ‘सहमति जुट्नेमा मलाई एकरति पनि विश्वास छैन ।’

सेन्जेन जोनमा प्रवेश गर्दा ४० करोडभन्दा बढी मानिस आफ्ना २६ सदस्य राष्ट्रको वरिपरि निर्वाधरूपमा आवतजावत गर्न सक्षम हुनेछन् र यसले बिर्नियाजस्ता पूर्वी युरोप हुँदै यात्रा गर्ने हजारौँ ट्रक ड्राइभरको जीवनलाई धेरै सजिलो बनाउनेछ । तीमध्ये चार राष्ट्र इयू बाहिर छन् । ‘हामी यी अन्तहीन लाइनमा धेरैभन्दा धेरै समय बर्बाद गर्नबाट बच्न चाहन्छौं’ बिर्नियाले दुःखेसो पोख्दै भने । ‘यसले हाम्रो कम्पनीको पैसा पनि खर्च गर्छ ।’ एएफपी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP