शनिबार , असार १३, २०८३

काठमाडौं । इरानले सरकारविरुद्धको प्रदर्शनमा सहभागी एक व्यक्तिलाई मृत्युदण्ड दिएको छ । विरोध प्रदर्शन गर्नेलाई मृत्युदण्ड दिइएको यो पहिलो घटना हो ।

मोहसिन शेकारीलाई ‘मोहरेबेह’ अर्थात् ईश्वरविरोधी गतिविधि गरेको आरोपमा हिजो मृत्युदण्ड दिइएको बीबीसीले जनाएको छ । उनीमाथी गएको सेप्टेम्बरमा तेहरानको मुख्य सडक अवरुद्ध गरेको र अर्धसैनिक बलका एक सदस्यलाई छुरा प्रहार गरी घाइते बनाएको अभियोग रहेको थियो ।

एक अभियानकर्मीका अनुसार मोहसिनलाई कुनै प्रकृया विना नै दोषी ठहर गरिएको थियो । अन्तर्राष्ट्रिय समुदायले यो मृत्युदण्डविरुद्ध तत्काल प्रतिक्रिया जनाउनुपर्नेमा नर्वेमा रहेको इरान मानव अधिकारका निर्देशक महमुद अमिरी मोगदमले बताउनुभएको छ ।

अदालतको फैसलाविरुद्ध दोषी भनिएका शेकारीले अपिल गरेका थिए । तर उनीविरुद्ध पुरानै फैसलालाई सर्वोच्च अदालतले सदर गरेको थियो । रिभोल्यूशनरी अदालतले अरु १० जना प्रदर्शनकारीलाई पनि मृत्युदण्डको सजाय सुनाएको छ । तर उनिहरुको परिचय खुलाइएको छैन ।

एम्नेस्टी इन्टरनेश्नलले मृत्युदण्डको सजाय प्रदर्शन दबाउन र आम नागरिकमा त्रास पैदा गर्न नियोजित कदम रहेको टिप्पणी गरेको छ । इरानमा प्रहरी हिरासतमा रहेकी २२ वर्षीया महसा अमिनीको ज्यान गएपछि प्रदर्शन सुरू भएको थियो । महसालाई गएको सेप्टेम्बर १३ मा विशेष प्रहरीले गलत तरिकाले हिजाब लगाएको भन्दै पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP