मंगलबार , बैसाख २९, २०८३

बुटवल । लैंगिक हिंसा न्यूनिकरणका लागि सबैपक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिइएको छ । मिडियाले हिंसा न्यूनिकरण हुने गरि सूचना सम्प्रेषण गर्नुपर्ने र सरकारी निकाय जवाफदेही बन्दै नीति र कार्यक्रम ल्याउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका हुन ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत फ्रि मिडिया नेटवर्कको आयोजना तथा नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वयमा विहिबार बुटवलमा भएको लैङ्गिक हिंसा न्यूनीकरणमा मिडिया र सरोकारवालाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सबै पक्ष संवेदनशिल हुँदा मात्रै सभ्य समाज बन्ने बताए ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले लैङ्गीक बिभेदलाई न्यूनीकरण गर्न स्थानीय तह, पत्रकार र नागरिक समाज सँगसँगै मिलेर काम गर्नुपर्ने बताए । उनले हिंसा जुनसुकै क्षेत्र, जाती र लिङ्गका ब्यक्तिहरुमाथी हुने गरेका घटना आएको बताउदै यसको न्यूनीकरणका लागि सबै आत्मनिर्भर बन्न आवश्यक रहेकोमा जोड दिए ।उनले सबैलाई शिक्षामा ध्यान दिनुपर्ने बताउँदै तिलोत्तमाका सरकारी बिद्यालयका विद्यार्थीहरुलाई दिवा खाजामा १० रुपैयाँ थपेर २५ प्रतिब्यक्ती बनाएको बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा अर्यालले समाज रुपान्तरणमा मिडियाको भूमिका प्रमुख हुने बताउँदै लैंगिक हिंसा न्यूनिकरणमा पनि अह्म भूमिका हुने बताईन । उनले महिलाहरुको समाचारलाई मिडियाले प्राथमिकतामा नराखेको बताउँदै त्यसो नगर्न आग्रह गरिन । हिंसा कुनैपनि पक्षमा हुन नहुने बताउदै यसका लागि सबैले आ आफ्नो क्षेत्रमा रहेर काम गर्न आग्रह गरिन। बुटवल उपमहानगरले लैंगिक विभेदलाई चिर्ने गरि कार्यक्रम निर्माण गरेको बताईन ।उनले समाजलाइ शिक्षित बनाउन आवश्यक रहेकोमा जोड दिदै महिलाहरु स्वरोजगार बन्न र बनाउन आग्रह गरे।उनले छोरीलाई सक्दो शिक्षा दिनुपर्ने बताइन ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव कुवँरले शुरूवातमा हिंसा भन्दासाथ महिला हिंसाको कुरा आउने गरेको भएपनी पछिल्लो समय जुनसुकै लिङ्गमा हुने हिंसाका रुपमा परिभाषित भएको बताए ।

उनले जिल्ला प्रशासन कार्यालयले सेफ हाउस निर्माण लगायतका कार्यहरु गरिरहेको बताउदै लैङ्िगक हिंसा अन्त्यको लागि सबैको पहल गर्न आवश्यक रहेकोमा जोड दिए।जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रमुख रबिन्द्र रेग्मीले हिंसा विरुद्धका घटनामा प्रहरीको भुमिका सकारात्मक रहेको बताए। उनले मदिरा सेवनले हिंसाका घटना बढेको बताउदै मदिराको प्रयोगमा नियन्त्रणको लागि स्थानीय तहले कानुन बनाएमा ब्यवस्थापन गर्न सहज हुने बताए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष विनोद पहाडीले महिला हिंसा विरुद्धको १६ दिने अभियानलाई साँच्चिकै व्यवहारिक बनाउन अघिल्लो बर्षसँग मापन गर्नुपर्ने बताए ।

कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार ईन्दिरा अर्यालले लैंगिक हिंसा न्यूनिकरणमा मिडिया र सरोकारवालाको भूमिका बिषयमा प्रस्तुती राख्दै स्वरुप बदलिएर लैंगिक हिंसा समाजमा रहेकाले यसको अन्त्यका लागि मिडियासँगै स्थानीय सरकार, प्रहरी प्रशासन, उद्योगी व्यवसायी समेत जिम्मेवार हुनुपर्ने बताईन ।

कार्यक्रममा पत्रकार महासंघ रुपन्देही अध्यक्ष एव फ्री मिडिया नेटवर्क रुपन्देही संयोजक रामराज पोख्रेलले हिंसा रहित समाज निर्माणका लागि समाजलाई जागरुक बनाउन आवश्यक रहेको बताए ।

मानव अधिकार एलायन्सका केन्द्रीय उपाध्यक्ष सुमित्रा शर्मा, नेपाल प्रेस युनियन रुपन्देही सभापति रेखा भुसाल,सञ्चारीका समूह रुपन्देही अध्यक्ष निरा गौतम, मानवअधिकारकर्मी रिमा बिसि, दलित महिला संघ रुपन्देही अध्यक्ष मनु खड्का, महासंघ रुपन्देहीका उपाध्यक्ष अमृता अनमोल, सहसचिव माया केसी लगायतले बोलेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP