मंगलबार , बैसाख २९, २०८३

पाल्पा । पाल्पाको बगनासकालीमा बिहे भोजमा प्रयोग भएको पानी दूषित रहेको प्रयोगशालाबाट पुष्टि भएको छ । बिहेको भोजमा खाना पकाउन प्रयोग भएको पानीमा हैजा फैलाउने जीवाणु ‘कोलिफर्म’ भेटिएको स्वास्थ्य कार्यालय पाल्पाले जानकारी दिएको छ । गएको शनिबार बिहे भोज खाएपछि पाल्पा र प्यूठानका एक सय ५० जना बिरामी परेका थिए ।

बिहेको भोजमा दुई वटा ड्रमको पानी प्रयोग भएको थियो । त्यसमध्ये एउटामा कोलिफर्म जीवाणु भेटिएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन मधुसुधन भट्टराइले जानकारी दिए । बगनासकाली–१ घोरबन्दाका दानबहादुर गाहाको छोरीको बिहेमा भोज खाएर एक सय ५० बढी बिरामी भएका थिए । प्यूठानबाट आएका जन्ती र पाल्पाका गाउँले र आफन्त बिरामी भएका थिए । उनीहरुलाई पेट दुख्ने, बान्ता आउने, पखाला लाग्ने, टाउको दुख्ने, ज्वरो आउने भएको थियो ।

बिरामीमध्ये ३४ जना पाल्पा मिसन अस्पतालमा उपचार गराएका थिए । बिरामीको दिसा परीक्षणमा पनि आउँको किटाणु देखिएको थियो । चिकित्सकले पनि आउँको किटाणु देखिएपछि पानीकै खराबी भएको हुनसक्ने बताएका थिए ।

बिहे भोजमा प्रयोग भएको खानेकुराको भने परीक्षण गरिएको थिएन । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पाल्पाले खानेकुरा सडेका कारण परीक्षण नगरेको जनाएको छ । कार्यालयका प्रमुख नरेश श्रेष्ठका अनुसार ढिलो गरी सूचना पाएकाले खानेकुराको परीक्षण नगरिएको बताए ।

बिरामी भएको गाउँमा बगनासकाली गाउँपालिका स्वास्थ्य शाखाले घरघरमा स्वास्थ्यकर्मी खटाएर एक सय बढीको उपचार गरेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP