आइतबार , भाद्र १४, २०८३

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनताको त्याग र बलिदानको बलमा प्राप्त वर्तमान संविधानको सफल कार्यान्वयनका लागि २०७९ को आवधिक निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको जगलाई थप मजबुत बनाएको बताएका छन् ।

उधौली पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले हालै सम्पन्न निर्वाचनका निर्वाचित जनप्रतिनिधिलाई बधाई दिँदै दिगो, स्थिर र अग्रगामी समाज निर्माणका लागि एकताबद्ध भई अगाडि बढ्न समेत आग्रह गरे । प्रचण्डले किराँत समुदायको उधौली तथा ज्यापू समुदायले मनाउने यमरी पुन्ही (ज्यापु दिवस) का अवसरमा दुवै समुदायलाई पनि शुभकामना दिएका छन् ।

यी पर्वले नेपालको सांस्कृतिक विविधतासँगै सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सद्भाव र सहिष्णुताको संरक्षण एवं प्रवर्द्धन गर्न मद्दत मिल्ने उनको विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP