शनिबार , असार १३, २०८३

बुटवल। नेवार समुदायका नया पुस्ताका युवाहरु आफनो कला, संस्कृति, परम्परा, भाषाबारे बुझाउदै संरक्षण गर्ने उदेश्यका रुपन्देहीमा दुई दिने (मंसिर २१ र २२ गते) नेवारी खाजा महोत्सव शुरु भएको छ । ‘योमरी पुन्ही’ को अवसरमा भिमसेन नेवाः समाजले बुधबार तिलोत्तमा नगरपालिका–३ स्थित शान्ति चोकमा नेवारी खाजा महोत्सव–२०७९ शुभारम्भ गरिएको हो ।

कार्यक्रमको एक समारोहका बिच तिलोत्तमा नगरपालिका वडा नं ३ का कार्यवाहक वडाध्यक्ष नारायण बश्याल, कार्यपालिका सदस्य लक्ष्मी गिलेले उद्घाटन गर्दै संस्कृति संरक्षणको महत्वपूर्ण पाटोका रुपमा महोत्सव भएको बताए । नेवार समुदायमा खाने खानाहरु वैज्ञानिक, मौसम र समयसापेक्ष हुने समाजका अध्यक्ष खिमनारायण श्रेष्ठले बताए । शरिरलाई बाहिरी मौसमबाट बचाउने लाभदायक खानाहरु नेवारी समुदायमा खाने प्रचलन रहेको उनले बताए । ‘चिसो मौसम शुरु भएपनि तातो खानाका परिकार खाने प्रचलन रहेको छ ।’– उनले भने । चामलको पिठोबाट बनाईने एक खाने परिकार योमरी हो । नयाँ बाली भित्र्याइएको चामललाई मसिनो गरि पिसेर त्यसबाट बनाइएको एक किसिमको परिकार योमरी पर्वका रुपमा नेवार समुदायले योमरी पुन्ही मनाउँछन् ।

अण्डाकार रुपमा बनाइएको पीठोको रोटीभित्र चाकु र तिलको मिश्रण राखिन्छ । यसलाई वाफमा पकाएर तयार गरिन्छ । महोत्सवमा योमरी र आलुका परिकार महोत्सवमा राखिने उनले बताए । नेवारी जातिय संस्कृति, परम्परागत खानपानहरुको संरक्षण गर्ने उद्देश्यका साथ नेवारी खाजा महोत्सव आयोजना गरेको समाजका सचिव सितुप्रसाद श्रेष्ठले बताए । तिलोत्तमा नगरमा बसोबास गर्ने विभिन्न पेशा व्यवसायमा आवद्ध भएका नेवारहरुको सक्रियतामा दुई वर्षअघि भिमसेन नेवाः समाजको स्थापना भएको सचिव सितु प्रसाद श्रेष्ठले बताए । आगामी दिनहरुमा नेवारी कन्याहरुको ईहि (बेलविवाह), नया वर्ष (न्यु दया भिन्तुना), गाईजात्रा लगायतका कार्यक्रमलाई निरन्तरता दिने उनले बताए ।

महोत्सवमा एक सय रुपैयामा योमरी र आलुको अचार उपलब्ध रहेको संयोजक कृष्णा श्रेष्ठले बताईन । समाजमा तिलोत्तमा नगरका २५ घरधुरीहरु आवद्ध रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP