शनिबार , असार १३, २०८३

रुपन्देही । रुपन्देही क्षेत्र नम्बर २ मा पुनः मतदान/मतगणनाको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले सर्वोच्चमा रिट दायर गरेका छन् ।

बाणिज्य क्याम्पसको बुथ ज र बुटवल १२ को चारवटा बुथमा पुन मतगणना र मतदानको माग गरेका हुन् । उनले बिष्णु पाैडेलको सपथ रोक्न र संसद जान समेत नदिन माग गर्दै रिट दायर गरेको नागरिक अनलाइनलाइ बताए । मतदान र मतगणनाको क्रममा धाँधली भएको उनको दाबी छ।

उनले ‘मतगणनाको क्रममा भएको धाँधली र मतदानको दिन भएको धाँधलीको विरुद्ध पुनः मतगणना सहित पुनः मतदानको माग राख्दै आज सर्वोच्च अदालतमा रिट दायर गरेको छु’ उनले भने-‘आशा गरौं अदालतले निष्पक्ष न्याय दिलाई जनताको अभिमत माथि भएको प्रहारलाई गलत साबित गर्ने छ।’

मंसिर ४ गते भएको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेल र नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलबीच कडा प्रतिस्पर्धा भएको थियो। चुनावमा एमाले उपाध्यक्ष विष्णु पौडेलसँग १ हजार ३६६ मतले गणेश पराजित भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP