आइतबार , भाद्र १४, २०८३

काठमाडौं । विवाह गर्ने सहमति (इन्गेजमेन्ट) टुटेपछि एक युवतीले आइतबार केटाको घरमै पुगेर आत्मदाह गरेकी छन् ।
काठमाडौंको बानेश्वरकी २७ वर्षीया पुष्पा न्यौपानेले धुम्बाराहीस्थित केटाको घरमा आइतबार साँझ पेट्रोल छर्किएर आत्मदाह गरेकी हुन् ।

प्रहरीले उनलाई तत्काल उद्धार गरेर त्रिवि शिक्षण अस्पताल पठाएको थियो । त्यहाँ उपचार हुन नसकेपछि पुष्पालाई कीर्तिपुर अस्पताल लगिएकोमा सोमबार बिहान पुष्पाको मृत्यु भएको हो । प्रेम सम्बन्धमा रहेका पुष्पा र झापा घर भई धुम्बाराही बस्ने सुधन संग्रौलाबीच परिवारकै सहमतिमा इन्गेजमेन्ट भएको थियो । यही बीचमा उनीहरुको सम्बन्धमा दरार आएपछि केटा पक्षले इन्गेजमेन्ट तोड्ने बताएपछि परिवारकै सहमतिमा रद्द गरिएको थियो ।

बिवाह नहुने भएपछि आइतबार साँझ पुष्पाले सुदनको घरमा पुगेर आत्मदाह गरेकी हुन् । पुष्पाका परिवारले सुदनसहित उनको परिवारका ४ जनाविरुद्ध किटानी जाहेरी दिएका छन् ।

विवाहअघि घुमाउने, परिवारसँग बसेर रमाइलो गर्ने, एकअर्काप्रति माया गर्ने गरेका सुधनले इन्गेजमेन्टपछि क्रमशः पुष्पालाई पटक–पटक मानसिक यातना दिएको र त्यसकै पीडा सहन नसकेर मार्न बाध्य पारेको मृतकका परिवारको आरोप छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार जिल्ला अदालत, काठमाडौंले सुधन बाहेक अन्यलाई हिरासतमा राख्न अनुमति दिएन ।

प्रहरीले सोमबार सुधनसहित उनका बुबा ५७ वर्षका दिनेश संग्रौला, आमा बिन्दु संग्रौला र २९ वर्षका मधु संग्रौलालाई पक्राउ गरेको थियो । जाहेरी आएपछि परिवारका अन्य सदस्यलाई पनि पक्राउ गरिए पनि अदालतले थुनामा राख्न अनुमति नदिएको प्रहरीले जनाएको छ । एसपी मैनाली भन्छन्, ‘हाजिर जमानीमा राखेर अनुसन्धान गर्न भनेपछि एक जनालाई मात्र नियन्त्रणमा राखेका छौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP