आइतबार , भाद्र १४, २०८३

काठमाडौं । काठमाडौँ क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् ।

उनले हालै सम्पन्न निर्वाचनमा २४ लाख ४९ हजार ६०७ रूपैयाँ खर्च भएको प्रेस विज्ञप्तिमार्फत जानकारी गराएका छन् । उक्त खर्चको विवरण आज निर्वाचन आयोगमा पेश गरेको उनले बताए । चुनावी अभियानका क्रममा उनलाई ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘निर्वाचन आयोगले तोकेको खर्च सीमा २५ लाखको हाराहारीमा शुभेच्छुकहरूबाट सहयोग प्राप्त भएपछि मैले भिडियो सन्देश मार्फत अब थप आर्थिक सहयोग नगर्न आग्रह गरेको थिएँ । त्यति हुँदाहुँदै पनि थप केही सहयोग मेरो खातामा प्राप्त भयो, जसबाट प्राप्त कूल सहयोग लगभग ३३ लाख हुन गएको छ ’, विज्ञप्तिमा उल्लेख छ । निर्वाचन खर्चपश्चात बचेको लगभग ८ लाख ५० हजार रुपैयाँ ‘काठमाडौँ क्षेत्र नं १ सरोकार कोष’ मा जम्मा गरिने मिश्रले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP