मंगलबार , अषोज २७, २०८३

काठमाडौँ । फिफा विश्वकप फुटबल अन्तर्गत आज (मंगलबार) अन्तिम–१६ का अन्तिम दुई खेल हुँदैछन् ।
आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्वीट्जरल्याण्डबीच खेल हुनेछ । आजको पहिलो खेलमा मोरक्को र स्पेन नेपाली समय अनुसार राति पौने ९ बजे खेल्ने छन् । मोरक्को समूह ‘एफ’ को विजेता र स्पेन समूह ‘ई’ को उपविजेताका रुपमा अन्तिम–१६ मा पुगेको हो ।

आज हुने अर्को खेलमा पोर्चुगल र स्वीट्जरल्याण्ड खेल्दै छन् । नकआउट चरणको अन्तिम खेल राति पौने १ बजे शुरु हुनेछ । पोर्चुगल समूह ‘एच’ को विजेता र स्वीट्जरल्याण्ड समूह ‘जी’ को उपविजेताका रुपमा अन्तिम–१६ मा पुगेको हो ।

आज बिहान भएको खेलमा ब्राजिल र गए रातिको खेलमा क्रोएसिया क्वार्टर फाइनलमा प्रवेश गरेको छ । ब्राजिलले दक्षिण कोरियालाई ४–१ गोल र क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा हरायो । योसँगै क्वार्टर फाइनलमा अब ब्राजिल र दक्षिण कोरिया, अर्जेन्टिना र नेदरल्याण्ड्स तथा इङ्ल्याण्ड र फ्रान्स खेल्ने तय भइसकेको छ । त्यस्तै क्वार्टर फाइनलमा आज हुने अन्तिम–१६ का विजेता दुई टोली थपिने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP