आइतबार , बैसाख ७, २०८२

किभ । युक्रेन लडाइ सुस्त हुँदै गएको र आउँदो जाडो मौसममा पनि यस्तो सुस्तता निरन्तर रहने अमेरिकी गुप्तचर निकायहरूले विश्वास गरेका छन् । तर, युक्रेनी सेनाको तर्फबाट प्रतिरोध कमजोर भएको कुनै प्रमाण नभेटिएको अमेरिकी गुप्तचर निर्देशक एभरिल हेन्स बताउँछिन् ।

युक्रेनको महत्वपूर्ण उर्जा पूर्वाधारमा रुसी आक्रमणपछि उनको भनाइ आएको हो । युक्रेनमा युद्ध अहिले नवौं महिनामा पुगेको छ । तर, रुसले कब्जा गरेको आधाभन्दा बढी भूमि गुमाएको छ ।

क्यालिफोर्नियामा एक प्रतिरक्षा फोरमलाई सम्बोधन गर्दै हेन्सले अहिले अधिकांश लडाई पूर्वी युक्रेनको बाख्मुट र दोनेत्स्क क्षेत्र वरपर भइरहेको बताइन् । उनले गत महिना रुसले खेरसन क्षेत्रको पश्चिमबाट सेना फिर्ता गरेपछि लडाई सुस्त भएको बताइन् । गत महिना पश्चिम खेरसन क्षेत्रबाट रुसी सेना फर्किएपछि लडाइँमा सुस्तता आएको उनले बताइन् ।

‘हामीले पहिले नै द्वन्द्वको एक प्रकारको न्युन धड्कन देखिरहेका छौं । आशा गर्छौं कि हामी आउने महिनाहरूमा पनि त्यस्तै देख्ने सम्भावना छ’, उनले भनिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP