शनिबार , असार १३, २०८३

काठमाडौं । मंसिर ४ को निर्वाचनपछि सरकार निर्माणका लागि कसरत शुरु भइरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच आज (सोमबार) छुट्टै वार्ता भएको छ ।

अध्यक्ष नेपाललाई भेट्न प्रचण्ड उनको निवास कोटेश्वर पुगेका हुन् । त्यसपछि उनीहरु त्यहाँ वार्ता सकेपछि अलग–अलग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार निस्किएका छन् । मंसिर ४ को निर्वाचन अनपेक्षित नतिजा आएपछि माओवादी अहिलेकै गठबन्धन अघि बढाउने किन नयाँ विकल्पमा जानेबारे अझै अन्योलमै छ ।

शनिबार र आइतवार बसेको पार्टी पदाधिकारीको अनौपचारिक बैठकमा माओवादी नेताहरुबीच कांग्रेससहितको गठबन्धनमै रहने या विकल्पमा जाने भन्नेमा मतान्तर भएको थियो । बहुमत जुटाउन पनि मुस्किल पर्ने सिट आएको अवस्थामा सत्ता गठबन्धनबाट शेरबहादुर देउवा, प्रचण्ड र माधवकुमार नेपाल तीनै शीर्ष नेता प्रधानमन्त्रीको दौडमा देखिएका छन् ।
देउवाले पहिलो दल भएकाले आफूले सरकारको नेतृत्व गर्नुपर्न मत राखेका छन् । यस्तै माओवादी अध्यक्ष प्रचण्ड पनि सके यही गठबन्धबाट नभए अर्को गठबन्धन बनाएर भए पनि प्रधानमन्त्री हुने दाउमा छन् ।

मत खुम्चिन पुगेपछि प्रचण्ड र माधव नेपालबीच पार्टी एक बनाएर जाने दिशामा पनि छलफल जारी छ । तर माओवादीसँग मिल्ने कुरालाई लिएर समाजवादीमा ठूलो विवाद छ । कोटेश्वरमा भएको उक्त वार्तामा माओवादी नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए । त्यही वार्ताका क्रममा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत पनि मिसिन पुगेको जनाइएको छ । राउत सत्ता गठबन्धनका लागि बहुमत पु¥याउने महत्वपूर्ण हिस्सा भएका छन् । सत्ता गठबन्धनले अहिले राउतसँगको सम्पर्कलाई बढाइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP