शुक्रबार , भाद्र १२, २०८३

बुटवल । होटल तथा रेष्टुुरेन्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा रामप्रसाद गौतम निर्वाचित भएका छन । सोमबार भएको निर्वाचनमा निकटम प्रतिद्वन्दी जीवन प्रसाद श्रेष्ठलाई ५५ मतले पराजित गर्दै गौतम अध्यक्ष निर्वाचित भएका हुुन । गौतमले ३४९ मत ल्याए भने, श्रेष्ठले २९४ मत ल्याए।

त्यस्तैगरी वरिष्ठ उपाध्यक्षमा बाबुराम गौतम विजयी भएका छन् । बाबुराम गौतमको ३८२ मत ल्याए भने, उनका निकटम प्रतिद्धन्द्धी भीमलाल न्यौपानले २४६ मत मात्र ल्याए ।प्रथम उपाध्यक्षमा लेखनाथ भण्डारी ३४३ मत सहित विजयी भएका छन् । भण्डारीका प्रतिद्ध्रन्द्धी मोहनलाल पाण्डेले २९० मत मात्र ल्याए । त्यस्तै द्धियीय उपाध्यक्षमा रोमकान्त पाण्डे विजयी ३३६ मत सहित विजयी भए । उनका प्रतिद्धन्द्धी चिरञ्जीवी पोखरेलले २८३ मत ल्याए ।

महासचिवमा माधव कुमार खनाल ३९७ मत ल्याएर विजयी भए । खनालका प्रतिद्धन्द्धी प्रेमप्रसाद बञ्जाडेले २३५ मत मात्र ल्याए । सचिवमा अर्जुन थापा निर्विरोध भएका छन । कोषाध्यक्षमा टंक प्रसाद पराजुली ३३२ मत सहित विजयी भए । त्यस्तैगरी सहकोषाध्यक्ष खिमराज पोखरेल निर्विरोध भएका थिए ।

सदस्यहरुमा अर्जुन पोखरेल ३८०, थम्मन भण्डारी ३६०, उमेश सापकोटा ३५९, तुलसीराम पराजुली ३३३, माधव ढकाल ३३३, टंकप्रसाद पोखरेल ३२५, रामबहादुर न्यौपाने ३२१, कृष्ण प्रसाद पाण्डे ३०८, डिल्लीराज अर्याल ३०२, केशवराज कंडेल २९८, खुमराज ज्ञवाली २९३ मत सहित विजयी भएको प्रमुख निर्वाचन आयुक्त यामलाल खनालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP