मंगलबार , अषोज २७, २०८३

बामाको । मालीमा गएको नोभेम्बर महिनामा मात्र कम्तीमा पनि ६६ जना आतंककारी मारिएका बताइएको छ । यहाँको सशस्त्र बलले मालीमा नोभेम्बर महिनामा जारी राखेको आतंककारी विरुद्धको कारबाहीमा उनीहरूमा मारिएका हुन् ।

सो कारबाहीका क्रममा मालीको सेनाले यहाँका आतंककारीहरूले निर्माण गरेका कैयौं आश्रयस्थल पनि ध्वस्त बनाइ दिएको छ । उनीहरूले प्रयोग गर्ने शक्तिशाली हतियारहरूका साथै उनीहरूका सवारीसाधन पनि मालीको सशस्त्र सैन्य बलले कब्जामा लिएको छ ।

सो बलले गएका केही महिनादेखि यहाँका आतंककारीहरूका विरुद्धमा सशक्त कारबाही सुरु गरेको जनाएको छ । प्रतिआतंकवादी अभियान नाम दिइएको सो अभियानमा यहाँको सेनाले अरु कैयौँ आतंककारीहरूलाई पक्राउ पनि गरेको छ ।

सन् २०१२ देखि मालीले यहाँ सुरक्षा चुनौतीको सामना गर्दै आएको छ । याहँ विभिन्न समूहले आतंककारी क्रियाकलापहरूलाई निरन्तरता दिँदै आएका छन् । यो अफ्रिकी देशमा अतिवादीहरूले जारी राखेको आतंकमा परेर हजारौँ मानिसको ज्यान गइसकेको छ भने अरु हजारौँ नागरिक विस्थापित भएका छन् । राजनीतिक र आर्थिक सङ्कटमा परेको यस देशमा शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसङ्घले पहल गर्दै आएको भए पनि सम्भव हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP