शनिबार , बैसाख २०, २०८२

काठमाडौं । शेयर बजार आज (सोमबार) दोहोरो अंकले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २४ दशमलव ४६ अंकले घटेर एक हजार नौ सय ३८ दशमलव ७६ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा फाइनान्स, जलविद्युत्, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अंकले ओरालो लागेको छ । बजार घटे पनि कारोबार रकममा भने हिजो आइतवारको तुलनामा सुधार आएको छ । दुई सय ४० वटा कम्पनीको ४१ लाख २७ हजार कित्ता शेयर एक अर्ब ६७ करोड चार लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै रिडी हाइड्रो ३० करोड ८३ लाख र शिवम् सिमेन्टको २० करोड २३ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै अजोड इन्सुरेन्सको शेयर साढे सात प्रतिशतले घटेको छ । बजार राताम्मे भएको दिन सयपत्री हाइड्रोको शेयर भने तीन प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP