आइतबार , भाद्र १४, २०८३

काठमाडौं । शेयर बजार आज (सोमबार) दोहोरो अंकले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २४ दशमलव ४६ अंकले घटेर एक हजार नौ सय ३८ दशमलव ७६ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा फाइनान्स, जलविद्युत्, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अंकले ओरालो लागेको छ । बजार घटे पनि कारोबार रकममा भने हिजो आइतवारको तुलनामा सुधार आएको छ । दुई सय ४० वटा कम्पनीको ४१ लाख २७ हजार कित्ता शेयर एक अर्ब ६७ करोड चार लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै रिडी हाइड्रो ३० करोड ८३ लाख र शिवम् सिमेन्टको २० करोड २३ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै अजोड इन्सुरेन्सको शेयर साढे सात प्रतिशतले घटेको छ । बजार राताम्मे भएको दिन सयपत्री हाइड्रोको शेयर भने तीन प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP