मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । कतार फिफा विश्वकप २०२२ अन्तर्गत मंगलबार दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा एसियाली मुलुक जापान र युरोपेली मुलुक क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ ।

खेल नेपाली समय अल जनोव मैदानमा राति पौने नौं बजे सुरु हुने तालिका छ । जापान समूह ‘इ’ को विजेता बनेको थियो । साविक उपविजेता क्रोएसिया समूह ‘एफ’ बाट उपविजेता भएको हो ।

अर्काे खेलमा पाँच पटकको च्याम्पियन ब्राजिलले दक्षिण कोरियाको सामना गर्नेछ । खेल स्टेडियम ९७४ मा नेपाली समय अनुसार राति पौने एक बजे सुरु हुनेछ । ब्राजिल नेयमारको आगमनमा उच्च मनोबलमा छ ।

एसियाली जायन्ट कोरिया समेत समूह चरणको लय नकआउट चरणमा देखाउने योजनामा छ । ब्राजिल समूह ‘जी’को विजेता र कोरिया समूह ‘एच’ को उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP