मंगलबार , बैसाख २९, २०८३

लुमाजाङ । इन्डोनेसियाको माउन्ट सेमेरुमा आइतबार प्राकृतिक ग्यास विष्फोट हुँदा करिब दुई किलोमिटर माथि तातो खरानीले ढाकेको र पहाडको फेदीतर्फ लाभाका नदीहरू बगेको देखिएको छ ।

इन्डोनेसियाली अधिकारीका अनुसार विष्फोटपछि करिब २ हजार व्यक्तिलाई स्थानीय बस्तीबाट सुरक्षित स्थानमा सारिएको छ । ज्वालामुखीका कारण करिब दर्जनौं मानिसको ज्यान गएको ठीक एक वर्षपछि यो विष्लठफोट भएको हो । राजधानी जकार्ताबाट करिब ८ सय किलोमिटर दक्षिणपूर्वमा रहेको जाभा टापुको सबैभन्दा अग्लो पहाडबाट विष्फोट भएपछि यसलाई ज्वालामुखी हुन सक्ने उच्चतम सम्भावना रहेको चेतावनी अधिकारीहरूले दिएका छन् ।

सेमेरु वरपरका गाउँ ज्वालामुखीको खरानी र मनसुनी वर्षाको मिश्रणले तहसनहस भइरहेको एक स्थानीय उद्धार समूहले एएफपीलाई सेयर गरेको भिडियोमा देखिएको छ । ज्वालामुखीबाट ठूलो कालो बादल उठेको र त्यसले आकाशलाई घेरेको र सूर्यको प्रकाश छेकिएको छ ।

स्थानीय एक जना बासिन्दाले आफ्नो गाउँमा खरानीको मात्रा खसिरहँदा आतंकित भएको बताए । ‘अँध्यारो थियो । मैले केही पनि देख्न सकिनँ। पानी र खरानीको वर्षा भइरहेको थियो’, नाम उल्लेख नगर्ने शर्तमा ती व्यक्तिले एएफपीसँग भने, ‘मलाई थाहा थिएन कि कहाँ आश्रय लिने ? म भाग्नुपर्‍यो ।’

इन्डोनेसियाको राष्ट्रिय विपद् न्यूनीकरण निकाय (बीएनपीबी) का प्रवक्ता अब्दुल मुहारीले ३ हजार ६ सय ७६ मिटर (१२ हजार ६० फिट) अग्लो पहाडको टुप्पोमा लाभाको थुप्रोका कारण आएको ‘तातो हिमस्खलन’ ले बगाएको बताए ।

इन्डोनेसियाको ज्वालामुखी तथा भौगर्भिक प्रकोप न्यूनीकरण केन्द्र (पीभीएमबीजी) का प्रवक्ताले कोम्पास टीभीलाई बताएअनुसार स्थानीय गाउँहरू खतरामा परेका उच्च सतर्कताको सूचना प्रवाह गरिएको छ । यद्यपि, केन्द्रले आसपासका बासिन्दालाई क्रेटरको आठ किलोमिटर (पाँच माइल) भित्र यात्रा नगर्न चेतावनी दिएको छ । आइतबार कुनै हताहत वा घाइते भएको खबर प्राप्त भएको छैन ।

भौगर्भिक निकायका अनुसार खरानीको बादलको आकार घट्दै गए पनि साँझसम्म सेमेरु ‘विष्फोटको चरणमा’ थियो । ‘समग्रमा ज्वालामुखी विष्फोटको सम्भावना अझै पनि धेरै उच्च छ’, उक्त निकायले भनेको छ । एएफपीका एक पत्रकारका अनुसार विस्फोटपछि उक्त क्षेत्रमा इन्टरनेट बन्द भएको थियो । फोनका सिग्नलहरू हराएका थिए ।

बीएनपीबीका अनुसार घटनापछि १ हजार ९ सय ७९ जनालाई ११ वटा आश्रयस्थलमा लगिएको छ । स्थानीय प्रशासनका अधिकारी इन्दाह अम्पेरावती मस्दारका अनुसार तातो बादल हटेपछि मात्र स्थानीय बासिन्दालाई घर फर्कन दिइनेछ ।

स्थानीय बासिन्दालाई तातो खरानी बहेको दिशामा नदी किनारमा १३ किलोमिटर (आठ माइल) दक्षिणपूर्वी क्षेत्रबाट जोगिन पनि भनिएको छ । सबैभन्दा बढी जोखिममा रहेका दुई गाउँका अधिकांश बासिन् दालाई सुरक्षित स्थानमा सारिएको लुमाजाङ विपद् न्यूनीकरण निकायका प्रवक्ता प्याट्रिया द्वि हस्तियाडीले जानकारी दिए । एएफपी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP