मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगले पार्टीको आधिकारिक मान्यता आफुहरुलाई नै दिने बताएका छन् ।

पेसागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघबीचको एकता घोषणा सभालाई राजधानीमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निर्वाचन आयोगले कानुन, विधि र स्थापित मान्यतालाई ख्याल गर्दै आफुहरुलाई नै आधिकारिता प्रदान गर्ने विश्वास व्यक्त गरेका हुन् । प्रचण्डले सूर्य चिन्ह पनि आफुहरुले नै पाउने दाबी गरे ।

प्रचण्डले भने, ‘अहिले पनि निर्वाचन आयोगसँग भएको पटक–पटक छलफल, जनभावना र राजनीतिक दल सम्बन्धी ऐनका आधारमा पार्टीको मान्यता हामीले पाइ नै सक्यौं । सूर्य चिन्ह हामीले पाइ नै सक्यौं । अब खाली घोषणा हुन बाँकी मात्रै हो । आयोगले घोषणा गर्ने विश्वास छ ।’

प्रचण्डले ओलीले बनाएका सेटिङहरु भत्किँदै गएको जनाउँदै निर्वाचन आयोगमा गरेको सेटिङ पनि भत्किने बताए । प्रचण्डले दाबीका साथ भने, ‘अर्को सेटिङ पनि भत्किँदै छ । हेर्नुहोला । मैले त्यत्तिकै भनेको होइन । बुझेरै भनेको हो । केही समयभित्रै निर्वाचन आयोगले उहाँलाई यो पार्टी उहाँको आधिकारिक हुन सम्भव छैन । आधिकारिक पार्टी बहुमतवाला पार्टी नै हो र सूर्य चिन्ह र नाम उहाँहरुको हो भन्ने निर्णय हुन्छ ।’

प्रचण्डले आधिकारिक पार्टीमा समाहित हुन अलमलमा रहेका र सूर्य चिन्हको आशमा बसेका नेता कार्यकर्तालाई आग्रह समेत गरे ।

सबैतिरबाट पराजित हुँदै गएपछि ओलीले जथाभावी बोल्दै हिँडेको प्रचण्डले आरोप लगाए । ओली बेइमान पात्रको रुपमा देखिएको पनि प्रचण्डले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP