आइतबार , भाद्र १४, २०८३

भैरहवा।नेपाली कांग्रेस रुपन्देहीले लुुम्बिनी प्रदेश सरकारले प्रदेशको अस्थायी मुकाम रुपन्देहीबाट दाङ्ग सार्न लागिएको प्रति ध्यानाकर्षण भएको जनाएको छ । नयाँ सरकार नवन्दै बर्तमान कामचलाउ सरकारले जसरी पनि प्रदेश राजधानी सार्ने तयारी गरीरहेका बेला कांग्रेसले ध्यानाकर्षण गराएको हो । कांग्रेसले राजधानी लैजाने जिम्म संरचनाहरु निमार्ण भएपछि नयाँ बन्ने सरकारलाई दिनुु पर्ने माग गरेको छ ।
प्रदेश सभाबाट दाङ्गको देखुुरी उपत्यका र अर्घाखाँचीको सिगंगा नगरपालिकाको राप्ती किनारको सेरोफेरोमा लैजाने निर्णय अनुसार अहिले त्यँहा संरचना नै निमार्ण नभएको अवस्थामा राजधानि सार्न हतार गरीएको भन्दै कांग्रेस रुपन्देहीले हतार नगर्न आग्रह गर्दै यो माग अघि सारेको हो । कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले बिज्ञप्ती जारी गर्दै प्रदेश सभाको नियमित काम गर्न समेत संरचना निमार्ण नभएको अवस्थामा हतारमा राजधानी सार्दा दैनिक कामकाजमा पर्न सक्ने असर तर्फ पनि प्रदेश सरकार सचेत हुनुु पर्ने उल्लेख गरेका छन् । ‘तत्काल सार्वभौम प्रदेश सभाको निर्णय कार्यान्वयन गर्दा प्रदेश सरकार, संसद, बिषयगत समिती लगायतका संरचनाको नियमित संचालन र व्यबस्थान गर्न साथै प्रदेश सभा र सरकार सङ्गै जाने सभासद र कर्मचारीको आवासका लागी पर्याप्त पुर्वाधार नभएको स्थानमा जवजस्ती लैजानुु प्रदेश सभा तथा प्रदेश सरकारको सेवा प्रभाहमा समेत प्रतिकुल असर पर्ने देखीएकोले तत्काल मुकाम सार्ने प्रक्रीया रोकी भौतिक संरचना निमार्णमा ध्यान दिन र नवनिर्वाचित प्रदेश सभाबाट बन्ने नयाँ सरकारलाई सोको कार्यभार सुम्पन आह्वान गर्दछौ,’ सभापति खाणद्धारा जारी ज्ञिप्तीमा भनिएको छ ।
प्रदेशको मुकाम कहाँ राख्ने र सार्ने भन्दा बढी प्राथमीकता प्रदेश सरकारले प्रदेश बासीको दैनिकीसगं जोडीने गरी कानुुन निमार्णमा ध्यान दिन कांग्रेसले आग्रह गरेको छ । पछिल्लो निर्वाचनको साङ्गकेतीक अभिमतलाई दृष्टिगत गर्दै प्रदेश मुकाम जहाँ छ त्यहीबाट चुस्त रुपमा सेवा सचांलनको माग कांग्रेसको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP