आइतबार , भाद्र १४, २०८३

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको परिणाम सुखद् नरहेको टिप्पणी गरेका छन् । दलहरुमाथि नै प्रश्न उठ्ने गरी निर्वाचनको परिणाम आउनु मुलुकको लागि हितकर नभएको उनको भनाइ थियो ।

आज (शनिबार) ललितपुरमा आयोजित एक सेमिनारमा बोल्दै अध्यक्ष तिमिल्सिनाले ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीयता, लोकतन्त्र र गणतन्त्रलाई बलियो बनाउन दलहरु नै बलियो हुनुपर्ने उल्लेख गर्दै त्यस काममा लाग्न बौद्धिक समुदायलाई आग्रह गरे ।

तिमिल्सिनाले सचेत समुदायले दलहरुलाई सच्याउन सकेमात्रै संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुने र जनताले समृद्धिको अनुभूति गर्न पाउने गरी विकास, निर्माणको कामले गति लिने स्पष्ट पारे । ‘बहुदलीय परिपाटी, हामीले संघर्ष गरेर यत्रो बलिदानीका साथ ल्याएको यो संघीय लोकतान्त्रिक गणतन्त्रमा बहुदलीयतामाथि नै प्रश्न उठने कुरा किन भईराखेको छ ? अब सोच्ने बेला आएको छ । हरेक दलभित्र सोच्नुपर्ने बेला भएको छ,’ उनले भने ।

अध्यक्ष तिमिल्सिनाले राजनीतिक दलहरुलाई सच्चिन पटक–पटक ध्यानाकर्षण गराए । ‘सानोसानो कुरा पनि किन डेलिभरी भईरहेको छैन ? मैले भन्यो भने पनि बायस हुन्छ । दलहरुलाई अव तिमीहरुको सिंगो दलको भविष्यप्रति पनि घण्टी बजेको भन्नु प¥यो नि ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP