शनिबार , असार १३, २०८३

बुटवल । कलेज संचालनमा आएको बुटवलको कालिका क्याम्पसले स्थापनाको ९ वर्ष पुरा हुँदा देशकै उत्कृष्ठ मध्यको क्याम्पस बन्न सफल भएको छ । त्रिभुवन विश्व विद्यालयका अंगिक क्याम्पसमा उत्कृष्ठ अंक ल्याउन सफल कालिका सामुदायिक कलेज ९ वर्षकैबीचमा आफ्नै सुबिधासम्पन्न भवनमा संचालनमा समेत आएको छ ।

शनिबार कलेजमा पत्रकार सम्मेलन गरि विद्यालयका प्राचार्य घनश्याम पाठकले कलेज १० वर्षको समयमा अत्याधुनिक भवनसंगै कक्षाकोठा, फर्निचर, प्रयोगशाला बनाउन सफल भएको जानकारी दिए । कालिका सामुदायिक कलेजको नवौ वार्षिकोत्सब तथा अभिभावक दिवसमा भवन उद्घाटन गरिने उनले जानकारी दिए। भवनको पुर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट मंसिर २३ गते भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

विविएस, विविए, विएड गरि ३ विषयमा अध्ययन गराइने सामुदायिक कलेजतर्फ देशमै प्रथम भएको उनले बताए। यसैगरि देशभर रहेको आँगिकका १ सय २६ विसिए कलेज रहेकोमा कालिका तेस्रो स्थानमा आएको पनि प्राचार्य पाठकले बताए ।

शुरुवातमा पहिलो ब्याचले ३ लाख ८ हजार रुपैयामा ८ सेमिष्टर पढ्दा खर्च लाग्ने गरेकोमा समयसापेक्ष पछिल्लोसमय ८ लाख रुपैयाको प्याकेजमा अध्यापन गराइँदै आएको छ ।

कलेजमा लाईब्ररीलाई रिसर्च सेन्टरको रुपमा बढाउने रुपमा सरकारबाट आवश्यक सहयोग मिलेर अगाडि बढने उनले बताए।

नेपाल सरकार अर्थ मन्त्रालयबाट ६ करोड रुपैया क्याम्पसको आन्तरिक आम्दानीबाट सहयोगबाट भवन बनाएको उनले जनाए । कलेजमा हाल ३५ जनाबाट शरु भएको कलेजमा हाल २ हजार ८ सय विद्यार्थीहरु अध्ययरत छन। कलेजमा ७५ जना प्राध्यापक र कर्मचारीहरु छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP