बिहिबार , बैसाख ११, २०८२

रोल्पा । रोल्पा सदरमुकाम लिबाङ नजिकै भैंसीकुटीमा शनिबार बिहान भएको सडक दुर्घटनामा एकदद्ध जनाको ज्यान गएको छ । दुर्घटनामा परी एक बालक घाइते भएका छन् ।

प्रहरीका अनुसार शनिबार बिहान करिब साढे सात बजेतिर रोल्पा नगरपालिका–५ भैंसीकुटीस्थित भित्री सडक खण्डमा लु १ च ५४६४ नम्बरको जीप सडकभन्दा करिब २ सय मिटरमुनि माडी खोलामा खसेको हो । उक्त जीप रोल्पाको बाझबाङबाट प्युठानको किमिचौर बजारतर्फ स्थानीय उत्पादन सामग्री लैजान र आवश्यक सामान बजारबाट लिन जाने क्रममा थियो ।

जीप अनियन्त्रित भएर खोलामा खस्दा जीपका मालिक समेत रहेका चालक रोल्पा नगरपालिका–५ बाझबाङका ३६ वर्षीय निलेश कवरको घटनास्थलमा नै मृत्यु भएको हो । उनीसँगै सवार उनका छोरा ११ वर्षीय प्रताप कवर घाइते भएका हुन् ।
उनको शरीर, टाउको र शरीरका अन्य भागमा गम्भीर चोट लागेको छ । घाइतेलाई उपचारको लागि प्यूठानतर्फ पठाइएको छ ।

जीप पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने शवको पोस्टमार्टम गर्न अस्पतालमा लैजान परिवारले तयारी थालेको प्रहरीले जनाएको छ । स्थानीयले मृतक कवरलाई युवा धामीका रूपमा चिन्थे । सल्लिबोटस्थित शिक्षक भूपबहादुर केसीले कवर समाजमा सकारात्मक कार्यका लागि अग्रसर हुनेमध्येका रहेको बताए । घटनास्थलमा जिल्ल प्रहरी र ईलाका प्रहरी कार्यालय खुङ्ग्रीबाट प्रहरी टोली खटिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP