आइतबार , भाद्र १४, २०८३

झापा । नेपाली कांग्रेस महामन्त्री तथा झापाबाट निर्वाचित विश्वप्रकाश शर्मालाई मतदाताले कागती र खुर्सानीको मालाले सम्मान गरेका छन् ।

‘मतदाता सम्मान अभियान’ क्रममा गाउँ घुमिरहेका शर्मालाई मेचीनगर–९ लिलाबस्तीका जनताले फूलको माला र खादासँगै कागती र खुर्सानीको माला लगाइदिएका हुन् । नेपाली समाजमा ‘कसैको नजर नलागोस्’ भनेर कामना गर्नुपर्दा घरमा, कागती र खुर्सानीको माला लगाउने तथा झुण्ड्याउने चलन छ।

कागती र खुर्सानीको माला लगाइदिएको लिलाबस्ती शर्मालाई दूध खुवाएर बचाउने आमा देउकुमारी श्रेष्ठको गाउँ हो । विश्वप्रकाशकी आमा सावित्री शर्माको दूध नआएपछि छिमेकमै सुत्केरी रहेकी श्रेष्ठले डेढ वर्षसम्म उनलाई दूध खुवाएकी थिइन् । लिलाबस्तीवासीले शर्मालाई शतप्रतिशत मत हालेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP