शनिबार , असार १३, २०८३

काठमाडौँ । समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । हालसम्म एक करोड ३ लाख ९२ हजार बढी मतगणना सकिएको छ । एमालेले सबैभन्दा बढी २७ लाख ७९ हजार मत पाएको छ ।

कांग्रेसले २६ लाख ४८ हजार, माओवादी केन्द्रले ११ लाख ६१ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २१ हजार मत पाएका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ८६ हजार, जनता समाजवादी पार्टी नेपालले ४ लाख २० हजार र जनमत पार्टीले ३ लाख ९४ हजार मत पाएका छन् ।

एकीकृत समाजवादीले २ लाख ९४ हजार मत पाएको छ । एकीकृत समाजवादी अझै पनि राष्ट्रिय दल बन्ने संघर्षमै छ । उसले तीन लाख १० हजारदेखि २० हजारसम्म मत ल्याए मात्र राष्ट्रिय दल बन्न सक्छ । तर एकीकृत समाजवादीलाई आएको अहिलेको मतको अवस्थालाई हेर्दा राष्ट्रिय दल बन्न निकै हम्मे परेको छ । राष्ट्रिय दल बनेको खण्डमा एकीकृत समाजवादीबाट चार जना सांसद थपिने छन् भने थ्रेसहोल्ड कटाउन नसकेको खण्डमा प्रत्यक्षतर्फको मतका आधारमा यसअघि नै निलठर्वाचित १० सांसद मात्र एकीकृत समाजवादीमा हुनेछन् ।

निर्वाचन आयोगले अहिलेसम्म सात वटा राजनीतिक दलहरुले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्मको मत परिणामले नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय मान्यता प्राप्त दल बन्न पाउने गरी ३ प्रतिशत थ्रेसहोल्ड कटाएका छन् ।

दोलखा, बाजुरा र स्याङ्जा भने मतगणना चलिरहेकाले त्यसको परिणाम आउन बाँकी छ । आयोगले पर्सीसम्म समानुपातिकतर्फको मतगणना सक्ने जनाएको छ । समानुपातिकमा दलहरुले पाएको मत संख्या अनुसार उनीहरुले बन्दसूचीमा पठाएका सांसदहरु निर्वाचित हुनेछन् । त्यसका लागि आयोगले दलहरुले प्राप्त गरेको संख्या पठाउने र दलहरुले आफूले बन्दसूचीमा पेस गरेका नामावलीको क्रम संख्या तलमाथि नहुने गरी निर्वाचन आयोगमा नामावली पठाउने छन् ।

त्यसो गर्दा एक तिहाइ महिलाहरुको संख्या भने राजनीतिक दलहरुले पठाउनै पर्ने कानुनी व्यवस्था रहेको छ । ११० सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ । प्रतिनिधि सभामा समानुपातिकतर्फ ३ प्रतिशत मत नल्याउने दलले समानुपातिकतर्फ एक सिट पनि पाउँदैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP