शनिबार , भाद्र १३, २०८३

नोम पेन्ह । कम्बोडियाले गत वर्ष जुनमा व्यावसायिक उत्खनन शुरु गरेदेखि ९० प्रतिशत शुद्ध सुनको सोल्युसनसहित ४.८२ टन डोरे बार उत्पादन गरेको खानी तथा ऊर्जा मन्त्री सुय सेमले बताएका छन् ।

मन्त्री सेमले देशमा हाल रेनेसान्स मिनरल्स, डेलकम कम्पुचेआ, सिन्सान इन्डस्ट्रियल (कम्बोडिया) र जिङ युआन काङ येक गरी चारवटा सुन खानी कम्पनी सञ्चालनमा रहेको बताएका छन् ।

सेमका अनुसार रेनेसान्स मिनरल्सले हालसम्म ४ हजार ५ सय ९८ केजी डोरे बार, डेलकम कम्पुचियाले १६० केजी, सिन्सान इन्डस्ट्रियल कम्बोडियाले ४५ केजी र सिङ युआन काङ याकले २२ किलोग्राम परिष्कृत सुन उत्पादन गरेका छन् ।

दक्षिणपूर्वी एसियाली राष्ट्रले जुन २०२१ मा उत्तरपूर्वी मोन्डुलकिरी प्रान्तको केओ सेमा जिल्लाको सुन खानी स्थलमा पहिलो पटक व्यावसायिकरूपमा सुन निकाल्न उत्खनन गर्न हो । कम्बोडियाका प्रधानमन्त्री सम्देच टेको हुन सेनले ती खानी परियोजनाबाट सरकारले वार्षिक करिब ४ करोड अमेरिकी डलर कर र रोयल्टी कमाउने अपेक्षा गरिएको बताएका छन् । सिन्ह्वा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP