आइतबार , भाद्र १४, २०८३

काठमाडौं । यहि मंसिर ४ गते सम्पन्न निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । आज (शुक्रबार) बिहान ७ बजेसम्ममा एक करोड तीन लाख ७९ हजार ३५८ मत गणना भएको छ ।

त्यसमध्ये २७ लाख ७२ हजार ९८५ मत प्राप्त गरी नेकपा एमाले पहिलो स्थानमा छ । निर्वाचन आयोगका अनुसार दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ लाख ४३ हजार २९६ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र) ले ११ लाख ६१ हजार १७३ मत प्राप्त गरेको छ ।

आयोगको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजार ४१६, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८५ हजार ८८७, जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९२८, जनमत पार्टीले ३ लाख ९४ हजार ३४०, नेकपा (एकीकृत समाजवादी) ले २ लाख ९४ हजार १८, नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६५७ मत प्राप्त गरेको छ ।

आयोगका अनुसार लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ६७ हजार २७८, नेपाल मजदुर किसान पार्टीले ७५ हजार ४२ हाम्रो नेपाली पार्टीले ५५ हजार पाँच सय ८७, मङ्गोल नेशनल अर्गनाइजेशनले ४८ हजार ५०४ मत, राष्ट्रिय जनमोर्चाले ४६ हजार ३४७ मत प्राप्त गरेको छ ।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत कुल ४७ दलले सहभागिता जनाएका थिए । त्यसमध्ये अन्तिम स्थानमा रहेको नेशनलिष्ट पिपल्स पार्टीले दुई हजार १५ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP