मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘एफ’ बाट मोरक्को र क्रोएसिया नकआउट चरणमा प्रवेश गरेका छन् भने बेल्जियम र क्यानडा जारी प्रतियोगिताबाट बाहिरिएका छन् ।

समूह चरणको अन्तर्गत बिहीबार रामित भएको अन्तिम खेलपछि सात अङ्कसहित मोरक्को र पाँच अङ्कसहित क्रोएसिया क्रमशः समूह विजेता र उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्न सफल भए । चार अङ्क जोडेको बेल्जियम र शून्य अङ्क भएको क्यानडा समूह चरणबाटै बाहिरिए ।

कतारको अल थुमामा रंगशालामा समूह एफ अन्तर्गत बिहीबार भएको खेलमा अफ्रिकी राष्ट्र मोरक्कोले क्यानडालाई २–१ गोलअन्तरले पराजित गर्दै नकआउट चरणमा प्रवेश गर्न सफल भएको हो । खेलको सुरुआती समयदेखि दबाब बनाएको मोरक्कोले खेलको चौथो मिनेटमा अग्रता लिन सफल भयो । मोरक्कोका लागि हाकिम जिएचले करिब २५ यार्डबाट प्रहार गरेको बलले सिधै जाली चुम्यो ।

त्यस्तै खेलको २३ औं मिनेटमा मोरक्कोले अग्रता बढायो । मोरक्कोका अक्रफ हाकिमीको लामो पासलाई युसुफ एन नेसरीले गोलमा परिणत गरे । त्यसपछि खेलको ४०औं मिनेटमा मोरक्कोका नाएफ अगुएर्डले आत्मघाती गोल गरेपछि क्यानडा खेलमा फर्कियो । साम अडेकुग्बेको क्रस अगुएर्डलाई लाग्दै गोल भएको थियो । त्यसपछि थप गोल भएन ।

कतारको अहमद बिन अली रंगशालामा आजै भएको समूह एफ कै अर्को खेलमा क्रोएसिया र बेल्जियमबीचको खेल गोलरहित बराबरीमा टुङ्गिँदा अङ्कका आधारमा बेल्जियम जारी प्रतियोगिताबाट बाहिरिएको छ । बेल्जियमले तीन खेलबाट ४ अङ्क जोड्यो भने समूह चरणका तीन खेलमा कुनै अङ्क नजोेडेको क्यानडा समूहमा पुच्छारमा रह्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP