शनिबार , असार १३, २०८३

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच वार्ता भएको छ । विगतमा दुई पक्षबीच भएको सहमति कार्यान्वयन गर्ने विषयमा वार्ता भएको हो । गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा आज (बिहीबार) वार्ता भएको हो । नेकपाबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले टोलीको नेतृत्व गरेका थिए ।

वार्तामा नेकपासँग सम्बन्धित मुद्दा चाडो टुंग्याउन अहिलेसम्म भएका प्रगतिबारे कुराकानी भएको गृह मन्त्रालयले जनाएको छ । नेकपासँगका मुद्दा टुंग्याउन गत भदौ २१ गते बसेको मन्त्रिपरिषद् बैठकले गृह प्रशासनमै रहेका मुद्दा प्रशासनिक प्रक्रिया र राजनीतिक तवरबाट टुंग्याउने र अदालती प्रक्रियामा पुगेका मुद्दालाई टुंग्याउन वर्तमान कानुनले अफठ्यारो पर्ने भएमा संशोधन गरेर भए पनि टुंग्याउने निर्णय गरेको थियो ।

प्रवक्ता प्रकाण्डले आफ्नो पार्टीसँग भएको सम्झौता कार्यान्वयको विषयमा जिज्ञासा राखेका थिए । जवाफमा गृहमन्त्री खाँणले सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए । ‘सरकारको निर्णय कार्यान्वयन गर्न प्रतिबद्ध छौं । केही प्रशासनिक तवरबाट हुने निर्णय भइसकेका छन् । अदालती प्रक्रियामा गएका मुद्दाहरूबारे पनि प्रक्रिया अगाडि बढिसकेको छ । निर्णयअनुसार कार्यान्वयन हुन्छ,’ उनले भने ।

भेटवार्तामा निवर्तमान कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री गोविन्दप्रसाद शर्मा, महान्यायाधीवक्ता खम्मबहादुर खाती, गृहसचिव विनोदप्रकाश सिंह समेत सहभागी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP