आइतबार , भाद्र १४, २०८३

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले सरकारमा जान सकारात्मक रहेको बताएका छन् ।
आज (बिहीबार) बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्तापछि राउतले सरकारमा जान सकारात्मक रहेको बताएका हुन् । राउतले भने, ‘हामी सरकारमा जान सकारात्मक छौं । तर, पार्टीले निर्णय गर्न भने बाँकी छ । ’

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले डा. राउतलाई लिएर बालुवाटार गएका थिए । ‘दुई जनाबीच सकारात्मक र परिणाममुलक वार्ता भएको छ’, नेता निधिले वार्तापछि भने । गठबन्धन र कांग्रेससँग संघीय र प्रदेश दुवै तहमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको नेता निधिले जानकारी दिएका छन् ।

प्रधानमन्त्री देउवाले सरकारमा आउन जनमत पार्टीलाई आग्रह गरेका छन् । जनमतले प्रत्यक्षतर्फ एक सिट जितेको छ भने ‘थ्रेसहोल्ड’ कटाएकाले समानुपातिकतर्फ चार सिट पाउने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP