मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले काँग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोजिन नहुने बताएका छन् । आज (बिहीबार) नेपाली कांग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराई आश्रम बाँडेगाउँमा भट्टराईको शालिकमा श्रद्धाञ्जली अर्पण गर्न पुगेका उपसभापति खड्काले काँग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्न नहुने बताएका हुन् ।

उनले पार्टी सभापति देउवाको नेतृत्वमा कांग्रेस र सिंगो गठबन्धन नै निर्वाचनमा होमिएको भन्दै देउवाले दलको नेतामा चाहना राखेपछि दायाँ बायाँ कुरा गरिराख्नु नपर्ने बताए । उनले दलको नेताको निर्वाचन सर्वसम्मत रुपमा गर्नुपर्ने पनि बताएका छन् । उपसभापति खड्काले यो बेलामा कांग्रेसभित्र एकताको वातावरण बनाउनु आवश्यक रहेको बताएका छन् ।

उनले भने, ‘कांग्रेस संसदीय दलको नेताको निर्वाचन हामी सर्वसम्मत तरिकाले गर्नुपर्छ । त्यो गर्ने वातावरणको निर्माण गर्नुपर्छ । त्यही दिशामा अगाडि बढाउनका लागि वातावरण निर्माण गर्न मेरो आफ्नो क्रियाशीलता पनि रहनेछ । सिधा कुरा छ, नेपाली काँग्रेसका सभापति, प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा हामी निर्वाचनमा होमिएका छौँ । सत्ता गठबन्धन होमिएको छ । विशेष गरी कांग्रेस पार्टी उहाँकै नेतृत्वमा अगाडि बढेको छ । सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताको चाहना राख्ने कुरा अगाडि आएपछि त्यसमा अहिलेको बेलामा धेरै दायाँ बायाँ कुरा गरिराख्नु पर्छ जस्तो मलाई लाग्दैन ।’

उनले भने, ‘कुनै नेताहरुले आफ्नो आकांक्षा राख्ने कुरालाई अन्यथा मान्नु हुँदैन । लोकतन्त्रमा कुनै पनि निर्वाचन प्रक्रिया अगाडि आउँदा कसैले म फलानो पदमा उठ्छु भनेर कसैले आफ्नो आकांक्षा व्यक्त गर्दा त्यसलाई हामीले अन्यथा मान्नु हुँदैन । त्यो आकांक्षा प्रकट भएकै कुरालाई जोडेर सर्वसम्मतको वातावरण बनाउने हो । मलाई विश्वास छ त्यो वातावरण बन्नसक्छ ।’

उनले थपे, ‘त्यसमा अत्यन्त इमान्दारीपूर्वक, निष्ठापूर्वक मुलुकको परिस्थिति, आम नेपाली जनताको अहिलेको दलहरूप्रति, सत्ता गठबन्धन प्रतिको आशा, भरोसा, विश्वास जुन खालको संकेतहरु आएको छ, त्यसप्रति हाम्रो पहिलो इमान हुनुपर्यो । त्यसप्रति प्रतिवद्ध हुनुपर्यो । त्यो इमान र प्रतिवद्धतापछि हाम्रो महत्वकांक्षाहरुलाई अगाडि बढाउने कुरा छर्दैछ । तर मुल विषय त देश हो । जनता हुन् । पार्टी हो । सबैको महत्वकांक्षालाई सेफ ल्याण्डिङ गरेर, सबैको सम्मान रहनेगरी, सबैको भुमिका रहनेगरी, सबैले मिलेर काम गरेर नयाँ तरिकाको राष्ट्र निर्माणको अभियान अगाडि बढाउने सन्दर्भमा त्यो सकिन्छ भन्ने लाग्छ ।’

उनले सत्तागठबन्धनकै सरकार बनाउने बताए । वर्तमान गठबन्धनमा आवद्ध दलहरुको साथै अन्य दलहरुलाई पनि जोडेर गठबन्धन दलकै नेतृत्वमा सरकार बनाउने उनले बताए । त्यसका निम्ति कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अन्य दलका नेताहरूसँग संवाद अगाडि बढाएको उनले उल्लेख गरे ।

उनले कानुन निर्माणको कामलाई तिब्र बनाउन र संसदलाई प्रभावकारी बनाउनका लागि नेपाली काँग्रेस र सत्तारुढ गठबन्धन प्रतिवद्ध रहेको बताए । उपसभापति खड्काले बाँडेगाउँमा पुगेर नेपाली कांग्रेसका नेता स्व.कृष्णप्रसाद भट्टराईको शालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरे । उनले भट्टराई आफ्नो दर्शन गुरु र राजनीतिक गुरु भएको उल्लेख गर्दै आफूले कुनैपनि अभियान शुरु गर्नु पूर्व र परिणाम आएपछि भट्टराईको आश्रममा आएर आशीर्वाद लिने गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP