आइतबार , भाद्र १४, २०८३

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न खड्का बिहीबार दिउँसो प्रचण्ड निवास खुमलटार पुगेका थिए । भेटमा निर्वाचनमा विजयी भएकोमा दुवैले बधाई साटासाट गरेका थिए ।

निर्वाचन सकेर खड्का बुधबार मात्र सुर्खेतबाट काठमाडौं आएका थिए । काठमाडौं आएलगत्तै उनी सिधै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए । खड्काले कर्णाली प्रदेशमा लोकतान्त्रिक वाम गठबन्धनले निर्वाचनमा प्राप्त गरेको सफलतासम्बन्धी प्रतिवेदन बुझाएका थिए ।

नेता खड्का आज त्यही प्रतिवेदन प्रचण्डलाई हस्तान्तरण गर्न खुमलटार पुगेका हुन् । कर्णालीमा लोकतान्त्रिक वाम गठबन्धनले निर्वाचनमा सफलता पाएको छ । प्रतिनिधिसभातर्फ कर्णालीमा एमाले शून्य र प्रदेशमा दुई सिटमा झरेको छ ।

निर्वाचनमा कहाँ के कसरी तालमेल भई काम गरियो भन्ने विषय प्रतिवेदनमा समेटिएको छ । सत्तागठबन्धनले कर्णाली प्रदेशमा कांग्रेस उपसभापति खड्कालाई कमाण्डर बनाएको थियो । खड्का सुर्खेत १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP