मंगलबार , बैसाख २९, २०८३

बाजुरा । बाजुरामा अनेरास्ववियुका नेता चेतन अयडीको हत्या आरोपमा त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडीसहित तीन जना पक्राउ परेका छन् ।

घटनामा संलग्न भएको आशंकामा वडाध्यक्ष अयडीसहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको । मंसिर ४ गते भएको निर्वाचनमा बाजुराका २० भन्दा बढी ठाउँमा विवाद उत्पन्न भएको थियो । सोही कारण स्थगित मतगणना आज (बिहीबार) मात्र सुरु भएको छ ।

निर्वाचन सम्पन्न भइसकेपछि घरमा सुतिरहेका एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालय अध्यक्ष अयडीलाई घरबाट झिकेर हत्या गरिएको थियो । मृतकका आफन्तले हत्यामा संलग्न भएको भन्दै वडा अध्यक्षसहित २२ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । प्रहरीले तीमध्ये वडाध्यक्षसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रहरीले किटानी जाहेरीको आधारमा घटनामा संलग्न अन्यलाई पनि खोजी गरिरहेको बताएको छ । पक्राउ परेका वडाध्यक्ष अयडी यसअघि पनि विवादमा तानिएका थिए । नाटेश्वरी मन्दिरमा दलित पसेको भन्दै कुटपिट गरेको अभियोगमा पक्राउ परेका उनलाई जिल्ला अदालत बाजुराले एक लाख रुपैयाँ धरौटीमा छोडेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP