आइतबार , भाद्र १४, २०८३

काठमाडौं । बलिउड निर्देशक विशाल देसाईको निर्देशनमा तयार हुने नेपाली फिल्म ‘सायरा’ को विश्वव्यापी रूपमा प्रदर्शन हुने भएको छ । हालै काठमाडौंमा फिल्मका प्रस्तुतकर्ता रघु परियारले पावनी फिल्म्सका प्रवन्ध निर्देशक विशाल चौधरीसँग ‘वर्ल्डवाइड रिलिज’ बारे सम्झौता गरेका छन् ।

‘पावनी फिल्म्सले विश्वभर फिल्मलाई प्रमोसन गर्नेछ । हामीलाई फिल्म निर्माणमा यसले झनै मदत पुगेको छ’, प्रस्तुतकर्ता परियारले भने । पावनी फिल्मका प्रवन्ध निर्देशक चौधरीले नेपाली फिल्मसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए ।
‘नेपाली फिल्मको मेकिङअनुसार अझै बजार पाउन सकेको छैन । यसैकारण पनि हामी नेपाली फिल्मलाई विश्वभर प्रचारप्रसार गर्न आएका छौँ । नेपाली–इन्डो फिल्म भएकाले हामीले यसबाट धेरै आश राखेका छौँ’, चौधरीले भने ।

आर्यन सिग्देल, सुफिया सिद्दिकी र कविता नेपालीको अभिनय रहने फिल्ममा भारतीय अभिनेता तथा मोडल धानिष सोनी अनुबन्धित भएका छन् । उनलाई फिल्मका प्रस्तुतकर्ता परियारसँगै निर्माता पुष्कर झा र कार्यकारी निर्माता काजीमान आत्रेय अनुबन्धित गरेका हुन् ।

नेपाली व्यानर डीबीआर मेडिया एन्ड मुभिज प्रालि र आइविल प्रोडक्सन अस्ट्रेलियाको संयुक्त लगानी रहने ‘सायरा’ ९० प्रतिशत अस्ट्रेलिया र १० प्रतिशत नेपालमा छायांकन हुँदैछ । यसमा नेपाल र भारत दुवै देशका कलाकारको अभिनय रहनेछ । चलचित्रको कथा प्रस्तुतकर्ता परियार स्वयंको हो । उनले लभस्टोरी कथामा पूर्ण कमर्सियल फिल्म निर्माण गर्न लागेको बताए । फिल्मको छायांकन आउँदो वर्ष सन् २०२३ मा गरिनेछ । आर्यन अभिनित फिल्म ‘डिसेम्बर फल्स’ प्रदर्शन भएपश्चात उनी यसमा व्यस्त हुनेछन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP