शनिबार , जेठ ३२, २०८२

काठमाडौं । बलिउड निर्देशक विशाल देसाईको निर्देशनमा तयार हुने नेपाली फिल्म ‘सायरा’ को विश्वव्यापी रूपमा प्रदर्शन हुने भएको छ । हालै काठमाडौंमा फिल्मका प्रस्तुतकर्ता रघु परियारले पावनी फिल्म्सका प्रवन्ध निर्देशक विशाल चौधरीसँग ‘वर्ल्डवाइड रिलिज’ बारे सम्झौता गरेका छन् ।

‘पावनी फिल्म्सले विश्वभर फिल्मलाई प्रमोसन गर्नेछ । हामीलाई फिल्म निर्माणमा यसले झनै मदत पुगेको छ’, प्रस्तुतकर्ता परियारले भने । पावनी फिल्मका प्रवन्ध निर्देशक चौधरीले नेपाली फिल्मसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए ।
‘नेपाली फिल्मको मेकिङअनुसार अझै बजार पाउन सकेको छैन । यसैकारण पनि हामी नेपाली फिल्मलाई विश्वभर प्रचारप्रसार गर्न आएका छौँ । नेपाली–इन्डो फिल्म भएकाले हामीले यसबाट धेरै आश राखेका छौँ’, चौधरीले भने ।

आर्यन सिग्देल, सुफिया सिद्दिकी र कविता नेपालीको अभिनय रहने फिल्ममा भारतीय अभिनेता तथा मोडल धानिष सोनी अनुबन्धित भएका छन् । उनलाई फिल्मका प्रस्तुतकर्ता परियारसँगै निर्माता पुष्कर झा र कार्यकारी निर्माता काजीमान आत्रेय अनुबन्धित गरेका हुन् ।

नेपाली व्यानर डीबीआर मेडिया एन्ड मुभिज प्रालि र आइविल प्रोडक्सन अस्ट्रेलियाको संयुक्त लगानी रहने ‘सायरा’ ९० प्रतिशत अस्ट्रेलिया र १० प्रतिशत नेपालमा छायांकन हुँदैछ । यसमा नेपाल र भारत दुवै देशका कलाकारको अभिनय रहनेछ । चलचित्रको कथा प्रस्तुतकर्ता परियार स्वयंको हो । उनले लभस्टोरी कथामा पूर्ण कमर्सियल फिल्म निर्माण गर्न लागेको बताए । फिल्मको छायांकन आउँदो वर्ष सन् २०२३ मा गरिनेछ । आर्यन अभिनित फिल्म ‘डिसेम्बर फल्स’ प्रदर्शन भएपश्चात उनी यसमा व्यस्त हुनेछन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ ३१, २०८२ शुक्रबार 101 Views

नेपाल फेस्टिभल २०२५ को तयारी पूरा

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP