मंगलबार , बैसाख १६, २०८२

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले निर्धारित समयमै योजना कार्यान्वयनमा लैजाने गरी काम गर्न वडा सचिवहरुलाई निर्देशन दिनुभएको छ ।

बुटवलका १९ वटै वडाका सचिवहरुका लागि आयोजित योजनासम्बन्धि अभिमुखीकरण कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेयले चालु आर्थिक वर्षका कुनै पनि योजना अर्को वर्षमा नसर्ने गरी काम गर्न र अघिल्लो आर्थिक वर्षका क्रमागत योजना सम्पन्न गर्न निर्देशन दिनुभयो ।
उहाँले योजना सम्झौता र कार्यान्वयनका लागि बनाइएको वार्षिक कार्ययोजना अनुसार काम सम्पन्न गर्न र ९० प्रतिशतभन्दा बढी पूँजीगत खर्च हुने गरी योजनाका काम गर्न निर्देशन दिनुभयो ।

वडाले प्रक्रियामा अघि बढाएका योजनाहरु कार्यान्वयनका लागि सहजीकरण गर्न र समयमै सम्पन्न हुने वातावरण तयार गर्न योजना शाखालाई नगर प्रमुख पाण्डेयले निर्देशन दिनुभयो ।

उहाँले वडाका हरेक काममा आर्थिक अनुशासन र पारदर्शिता अपनाउन तथा सेवाग्राहीमैत्री वातावरण बनाउन निर्देशन दिनुभयो ।
प्रमुख पाण्डेयले हरेक वडाले देशकै नमूनायोग्य र प्रभावकारी काम गर्नका लागि अघि बढ्न आग्रह गर्नुभयो । ‘एउटा वडाले पाँच वर्षमा कम्तीमा एउटा यस्तो काम गर्नुस् जसले देशमै नमूना होस्, कैयौं वर्षसम्म बुटवलबासीले त्यसबाट लाभ लिने अवस्था सिर्जना गर्नुहोस्, जनप्रतिनिधि र कर्मचारीबीचको समन्वय र सहकार्यले मात्रै बुटवलको विकास सम्भव छ’-उहाँले भन्नुभयो ।

उहाँले बुटवलका १९ वटै वडाको समान विकास र समान हिसाबको मानवीय विकासको लागि काम गर्न वडासचिवहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले वडाहरुको समान विकासले मात्रै बुटवलको समग्र विकास झल्काउने भएकाले सोहीअनुसार काममा खटिन आग्रह गर्नुभयो । उहाँले वडास्तरबाट हुने सेवाप्रवाहलाई प्रभावकारी बनाउन र सेवाग्राहीलाई छिटो छरितो सेवा दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले वडाबाट प्रवाह हुने सेवा र योजनाका कामलाई चुस्त र स्थानीय आवश्यकताका आधारमा अघि बढाउन निर्देशन दिनुभयो । राजस्व संकलन र योजना कार्यान्वयनको पाटोलाई उत्तिकै महत्व दिएर काम गर्न उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा शहरी पूर्वाधार विकास महाशाखा प्रमुख सुमन श्रेष्ठ, योजना प्रशासन शाखा प्रमुख दामोदर ज्ञवाली, पूर्वाधार विकास शाखा प्रमुख गौतम रौनियारले योजना कार्यान्वयन र प्रक्रियाका बारेमा सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP