आइतबार , भाद्र १४, २०८३

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचकमा ०.१८ प्रतिशतले ओरालो लागेको छ । बुधबार ३.५१ अंकले गिरावट हुँदै १९४९.८५ अंकमा कारोबार बन्द भएको हो । यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ०.२२ प्रतिशतले ओरालो लागेको छ ।

बुधबार २३ लाख ५५ हजारभन्दा बढीको शेयर किनबेच हुँदा ८४ करोड २६ लाख ९५ हजारभन्दा बढीको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । १९४ कम्पनीको शेयर कारोबार हुँदा ६४ कम्पनीको मूल्य बढेको छ भने १२४ कम्पनी घाटामा गएका छन् । साथै, ६ कम्पनी स्थिर रहेको नेप्सेले जनाएको छ ।

ग्रिन लाइफ हाइड्रोपावर ४.१७, खप्तड लघुवित्त वित्तिय संस्था ४ प्रतिशतले वृद्धि भएको र हिमालय डिस्टिलरी ४ करोड ७९ लाख ३४ हजार ४२३ रुपैयाको कारोबार भएको र नबिल बैंकमा भने ४ करोड १५ लाख ३ हजार ९१५ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । बुधबार माइक्रो फाइनान्स र ट्रेडिङ इन्डेक्समा वृद्धि भएको छ भने अन्य उपसुचकहरू ओरालो लागेको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP