मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज (बुधबार) बिभिन्न चार खेलहरु हुँदैछन् । आज समूह ‘सी’ र समूह ‘डी’ का दुई–दुई खेलहरु हुन लागेका हुन् । आज हुने पहिलो दुई खेलमा ट्युनिसिया र फ्रान्सले प्रतिस्पर्धा गर्दैछन् । समूह ‘डी’ अन्तर्गत हुने अर्काे खेलमा अष्ट्रेलिया र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ ।

दुबै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बाट शुरु हुनेछ । यस खेलहरुबाट समूह ‘डी’ बाट प्रि–क्वाटर फाइनलमा पुग्ने एक गोलीको निर्णय हुनेछ । फ्रान्स यस अघि नै नकआउट चरणमा पुगिसकेको छ ।

फ्रान्सले तालिकामा २ खेलबाट ६ अंक जोडेर अन्तिम १६ मा पुगेको हो । त्यस्तै अष्ट्रेलियाको ३ अंक हुँदा डेनमार्क र ट्युनिसियाको समान एक–एक अंक छ । आज हुने दोस्रो दुई खेलमा समूह ‘सी’ मा रहेका अर्जेन्टिना र पोल्यान्डसँग खेल्ने छ । आजको खेलमा अर्जेन्टिनालाई जित्नै पर्ने दबाब छ । पोल्यान्डसँग अर्जेन्टिनाको बराबरी भए पनि प्रतियोगिताबाट बाहिरिने छ ।

यसै समयमा हुने अर्काे खेलमा साउदी अरब र मेक्सिकोबीच प्रतिस्पर्धा हुनेछ । दुबै खेल नेपाली समयअनुसार राति १२ः४५ मा हुनेछ । समूह ‘सी’ बाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुङ्गो लाग्ने छ । समूह ‘सी’ मा पोल्यान्ड २ खेलबाट ४ अंक जोडेर शीर्ष स्थानमा छ । अर्जेन्टिना र साउदी अरेयिबा समान ३–३ अंक जोडेर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहँदा मेक्सिको तालिकाको पुछारमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP