आइतबार , भाद्र १४, २०८३

जनकपुर । जनकपुरधाममा एकै समारोहमा २६ जोडीको विवाह सम्पन्न भएको छ । जनकपुरधामलाई वैवाहिक गन्तव्यका रूपमा विकास र प्रचारप्रसार गर्न विवाह पञ्चमीको अवसरमा विश्व हिन्दू परिषद् नेपालले प्रत्येक वर्ष आयोजना गर्ने सामूहिक विवाह समारोहमा यस वर्ष पनि २६ युवक–युवतीको विवाह एउटै समारोह र मण्डपमा भएका छन् ।

विवाह पञ्चमीमा भगवान श्री सीतारामको विवाह भएकै मण्डपमा उनीहरुको विवाह हुने गरेको छ । चार वर्षदेखि भइरहेको सामूहिक विवाहको उद्देश्य जनकपुरधामलाई विश्वकै उत्कृष्ट वैवाहिक गन्तव्यका रूपमा पर्यटनको विकास गर्नु र दहेज (दाइजो) उन्मूलनको सन्देश प्रवाह गर्नु रहेको आयोजकको भनाइ छ ।

जनकपुरधामको हुनेखाने स्थानीयसँग सहयोग सङ्कलन गरी मिथिलाको विवाहमा बेहुलीलाई उपहारस्वरूप दिइने मङ्गलसुत्र, बिछाओन, लत्ताकपडासहितको व्यवस्थापन आयोजकले गर्दै आएको छ । यसले गरिब र विपन्नको पनि विवाह धार्मिक, सामाजिक र प्रतिष्ठित रूपमा हुने आयोजकको भनाइ छ । विवाहका लागि योग्य उमेर पुगेकालाई विवाह गराइने यस कार्यक्रमले सामाजिक भाइचारा विकास हुने बताइएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP