आइतबार , भाद्र १४, २०८३

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ९९ अङ्कले उकालो लागेर एक हजार नौ सय ५३ दशमलव ३५ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव शुन्य आठ अङ्कले उकालो लागेर तीन सय ८२ दशमलव ६९ मा कायम छ । आजको कारोबारमा कूल तीन सय ३४ कम्पनीको २५ लाख ८९ हजार नौ सय ९७ कित्ता शेयर रु ९५ करोड ७० लाख ६० हजार दुई सय २५ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको रु नौ करोड ७२ लाख ७५ हजार तीन सय ८२ बराबरको कारोबार भयो ।

नबिल बैंक रु चार करोड ३१ लाख ६१ हजार आठ सय ९२, शिवम् सिमेन्ट रु चार करोड २२ लाख चार हजार नौ सय ३५, नेष्डो समृद्धि लघुवित्त रु तीन करोड १८ लाख ५९ हजार चार सय २१ र एनसिसी बैंक रु दुई करोड ५२ लाख २५ हजार सात सय ९१ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार धौलागिरी लघुवित्त छ दशमलब १०, एनसिसी बैंक पाँच दशमलब शुन्य पाँच, एनआइसी एशिया बैंक चार दशमलब १८, गुह्यश्वरी मर्चेन्ट बैंक चार दशमलब शून्य तीन र खप्तड लघुवित्तका लगानीकर्ताले चार दशमलब शून्य दुई प्रतिशतले कमाएका छन् ।

त्यस्तै, एनआइसी एशिया ब्यालेन्स फण्ड चार दशमलब ६०, ग्लोबल आइएमई ब्यालेन्स फण्ड एक तीन दशमलब ६८, नेपाल एसआइबी बैंक तीन दशमलब ६३ ,सिद्धार्थ इन्स्योरेन्स तीन दशमलब ४४ र नबिल ब्यालेन्स फण्ड तीनका लगानीकर्ताले दुई दशमलब ६० प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP