आइतबार , भाद्र १४, २०८३

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनावी हारको नैतिक जिम्मा आफूले लिने बताएका छन् । मकवानपुर क्षेत्र नम्बर १ मा एमालेको चुनाव चिह्न लिएर लडेका थापा पराजित भएका थिए । उनको पार्टीका अन्य सदस्यले समेत उल्लेख्य मत ल्याउन नसकेकोमा उक्त हारको नैतिक जिम्मा आफूले लिने थापाले बताए ।

मंगलबार बसेको केन्द्रीय सचिवालयको बैठकले चुनावी परिणाम निराशाजनक भएको निष्कर्ष निकालेको छ । पार्टी पुनर्जागृत भएको वर्ष दिन नपुग्दै चुनावमा जानु परेकाले चुनाव जित्न सक्ने संगठन निर्माण हुन नसकेको उसको ठहर छ ।

बैठकमा अध्यक्ष थापाले चुनावी हारको नैतिक जिम्मेवारी आफूले लिने बताएका छन् । चुनावी परिणामले राष्ट्रवादी विचारधारा र सर्वधर्म समभावसहितका हिन्दु राष्ट्रको एजेण्डा कमजोर भएको राप्रपा नेपालको ठहर छ ।

राप्रपा नेपालको सचिवालय बैठकले निर्वाचनमा देखिएको कमजोरी र भोलिका दिनमा अवलम्बन गर्ने नीतिबारे अध्ययन गरी सुझाव दिन उपाध्यक्ष विष्णु भण्डारीको संयोजकत्वमा समिति बनाएको छ । जसमा बसन्तमान सिंह अधिकारी, सुरेश आचार्य, नरप्रसाद थापा, माधव खत्री, हिक्मतजंग भण्डारी, यवती कार्की, उज्वल पोखरेल, राजाराम बर्तौला छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP