आइतबार , भाद्र १४, २०८३

सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर–३ बाट नेकपा एमालेकी उम्मेदवार भगवती चौधरी निर्वाचित भएकी छन् । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई तेस्रो प्रयासमा भारी मतान्तरले पछि पार्दै चौधरी प्रतिनिधिसभा सदस्यमा विजयी भएकी हुन् । यसअघि दुई पटकको प्रतिस्पर्धामा चौधरीलाई गच्छदारले पराजित गरेका थिए । चौधरीले यस पटक गच्छदारलाई ५ हजार बढी मतान्तरले हराएकी हुन् । निर्वाचन अधिकृतको कार्यालयले यसको औपचारिक घोषणा गर्न भने बाँकी छ ।

२०७० को संविधान सभा निर्वाचन र २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा उनीहरु प्रतिस्पर्धी थिए । तर गच्छदारमाथि अनेक जालझेल गरेर नतिजा आफ्नो पक्षमा पारेको आरोप लाग्यो । त्यसविरुद्ध चौधरी सर्वोच्चसम्म पुगिन् । तर उनको मुद्दामा मंसिर ४ को नतिजा आउन लाग्दासम्म सुनुवाइ भएको छैन ।

गच्छदार २०७० को निर्वाचनमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट उम्मेदवार हुँदा भगवती एमालेबाट मैदानमा थिइन् । २०७४ मा गच्छदारले कांग्रेसमै फर्किएर टिकट लिएका थिए । यी दुवै निर्वाचनमा गच्छदारले बाजी मारेका थिए । तर, यो जीतको कथा सहज र विवादरहित हुन सकेन ।

०७० को निर्वाचनमा सत्ता र शक्तिको आडमा निर्वाचन जितेको आरोप गच्छदारलाई लागेको थियो । २०७४ मा पनि उनले निर्वाचनमा धाँधली गरेको भन्दै अदालतमा मुद्दा नै परेको थियो । तर ५ वर्ष बित्दा पनि संवैधानिक अदालतले चौधरीद्वारा दायर मुद्दाको फैसला गरेन ।

यो क्षेत्रमा ०४८ पछिका सबै चुनाव जित्ने रेकर्ड बनाएका गच्छदारले २०४८, २०५१ र २०५६ को निर्वाचन कांग्रेसबाट जितेका थिए । २०६४ मा मधेसी जनअधिकार फोरम र २०७० मा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट विजयी भए । २०७४ मा उनले फेरि कांग्रेसबाट चुनाव जितेका थिए । यस पटक पनि जित्ने उनको लक्ष्य भगवती बाधक बनिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP