शनिबार , असार १३, २०८३

काठमाडौं । अभिनेता सलोन बस्नेत आज (सोमबार) प्रेमिका करिश्मा केसीसँग वैवाहिक जीवनमा बाँधिएका छन् । तीन बर्षदेखिको प्रेम सम्बन्ध उनले विवाहमा परिणत गरेका हुन् । सलोनको विवाह समारोह चन्द्रागिरि रिसोर्टमा आयोजना गरिएको हो ।

महिला समूहको नौमती बाजासहित जन्ती लिएर उनी बेहुली लिन रिसोर्ट पुगेका थिए । जन्तीमा उनका पारिवारिक सदस्य, आफन्त र साथीभाइका फिल्मकर्मी सहभागी भएका छन् । आकर्षक पहिरनमा सजिएर उनी डोलीमा रिसोर्टमा पुगेका थिए ।

बिहेअघि यो प्रेम जोडीको शनिबार पाताले वन रिसोर्टमा मेहेन्दी समारोह आयोजना भएको थियो । समारोहमा कलाकार तथा उनका आफन्तको उपस्थिति रहेको थियो । सलोनको विवाह भोज भने १४ गते बुधबार राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP